‘काठमाडौँमा भारतीय रेल आउनुपर्छ’

‘काठमाडौँमा भारतीय रेल आउनुपर्छ’

काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीले काठमाडौँमा भारतीय रेल ल्याउने अवधारणामा भारत अगाडि बढेको बताएका छन्।काठमार्डौमा आयोजित एक साक्षात्कारमा उनले भने,‘काठमार्डौमा भारतीय रेल आउनुपर्छ भन्ने अवधारणमा भारत अघि बढेको छ ।’ उनले नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाएर दुवै मुलुकले विकास र समृद्धिलाई ध्यान दिनुपर्ने बताए।

नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)का भारतका संयोजक कोस्यारीले भने , “प्रजातान्त्रिक पद्धतिबाट नयाँ सरकार गठन हुनु ठूलो उपलब्धि हो ।” उनले संविधानअनुसार निर्वाचनमार्फत सरकार गठन भएकोमा खुशी व्यक्त गरे।

नेपालसँग भारतको सम्बन्ध राजनीतिक दल र जनस्तरमा अटुट रहेको विश्वास गर्दै भने , “भारत–नेपाल सम्बन्ध दूधमा मिलाएको चिनी जस्तै हो ।” कोस्यारीले भर्खरै गठन भएको सरकारसँग जनताको उच्च अपेक्षा रहेकाले जनआकांक्षा पूरा हुने विश्वास व्यक्त गरे।

उनले दुई देशमा हुने साइबर अपराध एवं अन्य सुरक्षा चासो र विकासका मुद्दालाई एकापसमा मिलेर समाधान गर्न चाहेको बताए ।कोस्यारीले आफ्नो नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा दुवै देशको आपसी सम्बन्ध र चासोका विषयमा छलफल भएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.