भारतीय फुटबल टिमका पूर्व कप्तान भुटिया राजनीतिबाट “आउट”

भारतीय फुटबल टिमका पूर्व कप्तान भुटिया राजनीतिबाट “आउट”

दार्जिलिङ : भारतीय फुटबल टिमका पूर्व कप्तान भाइचुङ भुटियाले राजनीति जीवनबाट सन्यास लिएका छन्।
पाँच वर्ष अघि फुटबल छोडेर बंगालकी मुख्यमन्त्री ममता बनर्जीको साथमा तृणमुल काग्रेस (टीएमसी)मा प्रवेश गरेर सकृय राजनीति गरिरहेका भुटियाले सोमबार ट्विट गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। बंगालको सत्तारुण पार्टी त्यागेका उनले अब कुनैपनि दलमा सहभागी नहुने घोषणा गरेका छन्।

४० वर्षीया भुटियाले राजनीतिमा प्रवेश गरेपछि दुईपटक चुनावी प्रतिस्पर्धामा उत्रिएर हार बेहोरेका थिए। उनले भनेका छन् “म भारतका कुनै दलको पनि सदस्यता लिनेछैन ।”उनी सन् २०१४ को लोकसभा निर्वाचनमा दार्जिलिङबाट भारतीय जनता पार्टीका एसएस अल्वालियाबाट पराजित भएका थिए। दुई वर्ष अघि पश्चिम बंगाल सभाका लागि सिलिगुडीबाट चुनावी मैदानमा उत्रिएका उनलाई कम्युनिस्ट उम्मेदवारले पराजित गरेका थिए।

गत वर्ष दार्जिलिङ सहितको गोर्खाल्याण्ड आन्दोलनलाई भुटियाले सर्मथन गरेपछि टीएमसीसँग मनमुटाव सुरु भएको थियो। गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन गरेपछि ममता र भुटियाको सम्बन्ध चिसिएको थियो। उनले एक महिना अघि नै टीएमसी छोड्नेबारे जानकारी गराएको भारतीय अखबारहुरुले उल्लेख गरेका छन्। पार्टी परित्याग पछि उनको चर्चा चुलिएको छ। सन् २०११ मा फुटबल खेलबाट सन्यास लिएका भुटिया सन् २०१३ देखि राजनीतिमा प्रवेश गरेका थिए।

भारतका अन्तराष्टिय फुटवल खेलाडी भूटिया १५ डिसेम्वर १९७६ मा सिक्किममा जन्मेका थिए। चुनावमा ‘गोर्खाल्याण्डको छोरो’ हैन भनेर आलोचना गरेपछि भुटियाले टीएमसीले वाजी मार्ने प्रचार गरेका थिए । तृणमुलकी अध्यक्ष ममता बनर्जीले भुटियाले जित्ने पक्का भएको बताउथिन् । भुटियाले पनि आफुलाई विश्वास गरेकोमा ममताप्रति कृतज्ञता दर्शाउदै भन्ने गर्दथे, ‘उहाँको भरोसालाई मर्नदिने छैन, भरोसालाई खरो उतार्न प्रयास गर्ने छु ।’ भुटियाले ममतासँगको सहकार्यलाई पाँच वर्षमै त्यागेर नयाँ बाटो तय गर्ने उद्घोष गरेका छन् ।

भुटिया १६ वर्षको उमेरमा भारतीय खेल मैदानमा उदाएका थिए। स्कुले शिक्षा छोडेर १९९३ मा कलकत्ता फुटवल क्लबमा सामेल भएका थिए। उनले सन् १९९९ मा बेलायतको ब्युरी क्लवमा खेल्ने अवसर पाए। तीन वर्ष त्यही रमाए र भारत फर्के। ३८ बर्षको उमेरमा खेलबाट राजनीतिको मैदानमा आएपछि उनका समर्थकहरु यो मैदानमा समेत उनको ‘गोल ’ हेर्ने व्यग्र प्रतिक्षा गरिरहेका थिए ।

भुटियाले पनि ‘जुन इमान्दारिता र लगनका साथ खेलको मैदानमा प्रर्दशन गरे जस्तै राजनीतिको मैदानमा समेत त्यसरी नै काम गर्ने बताउँथे। तर दर्शक रमाउने गोल नगर्दै उनी रानजीतिको खेलमैदानबाट बाहिरिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.