यस्ता छन् गृहमन्त्री थापाका सबल र दुर्बल पक्ष

यस्ता छन् गृहमन्त्री थापाका सबल र दुर्बल पक्ष

काठमाडौं : माओवादीभित्र सधैंजसो ‘रिर्जभ’ नेताको छवि बनाएका वरिष्ठ नेता रामबहादुर थापा ‘सम्भ्रान्त लाहुरे’ परिवारमा जन्मिएका नेता हुन्। उनका बाबु कर्णवहादुर थापा भारतीय लाहुरेका जागिरे थिए। २०१२ सालमा जन्मिएका थापा २०३७ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेका थिए। राजनीतिको सुरुवातमै थापा नेपालबाट आर्इएससी सकेर इन्जिनियरिङ अध्ययनका लागि रुस गएका थिए।

रूसमा त्यसबेला मार्क्सवादको पनि पढाइ हुन्थ्यो। बाली विज्ञान अध्ययनका लागि रूस पुगेका उनी त्यहाँ मार्क्सवादको अध्ययन गरी नेपाल फर्केर राजनीतिमा सक्रिय भएका थिए। थापाको स्वभाव र शैली नेपालका अन्य राजनीतिज्ञको भन्दा भिन्न छ। एकदमै अन्तर्मुखी स्वभावका छन, उनी। सञ्चारमाध्यमबाट टाढै रहन रुचाउने थापा नदेखिने गरी भित्रभित्रै पार्टी काममा खटिने नेतामा चिनिने माओवादी नेता दिनानाथ शर्मा बताउछन्।

सबल पक्ष

ब्रान्डेड नेता

माओवादीको १० वर्षे शसस्त्र युद्धका बेला अध्यक्ष दाहाल पछिका ‘ ब्रान्डेड’ नेतामा डा. बाबुराम भट्टराईसँगै थापाको नाम आउथ्यो। माओवादीलाई जाहा संकट पर्छ, त्यही थापालाई अध्यक्ष दाहालकै योजनामा खटाइन्थ्यो। संसद र ग्रामिण वर्घसंर्घष सँगै लिएर जाने कार्यनीतिमा माओवादी रहेका बेला दाहालकै योजनामा थापालाई रोल्पा, रुकुमको जिम्मेवारी दिइ खटाइएको थियो।

त्यही बेला राज्यले चलाएको ‘अप्रेसन’ का विरुद्ध थापाले सिस्ने र जलजलाको नाममा ‘सिज अभियान’ चलाएका थिए। उनको यही अभियानले ‘२०५२ को शसस्त्र युद्ध’ को आधार तयार पारेको विश्लेषण माओवादीभित्र हुने गर्छ।

उक्त अभियान सफल भएसँगै उपत्यकाभित्र ‘भलका (भक्तपुर, ललितपुर र काठमाडौं) अभियान’ माओवादीले चलाएको थियो। ‘सिज’ अभियानमा थापाले देखाएको कौशलताका कारण उनलाई माओवादीभित्र रुचाउने नेता-कार्यकर्ताको संख्यामा कमी छैन। अहिले पनि उनी पार्टीका संगठन विभागको प्रमुख छन्।

उनलाई माओवादी नेता-कार्यकर्ता ‘ब्रान्डेड’ नेता मान्छन्। २०६९ सालमा पार्टी विभाजित भएपछि उनी प्रचण्डसँगको राजनीतिक सम्वन्ध विच्छेद गदै मोहन वैद्यसँगै अलग पार्टी बनाउन पुगेका थिए। तर फेरि मुल घरमै फर्केपछि पनि उनको पार्टी संगठन भित्र उत्तिकै पकड देखिन्छ। ‘वादल वैचारिक र सांगठनिक दुवै विषयमा नेतृत्व गर्न सक्ने ब्रान्डेड नेता हुन्,’ माओवादी नेता शर्माले अन्नपूर्णसँग भने, -‘माओवादी पार्टी र आन्दोलनभित्र वादलको आफ्नै छाप छ।’

जनजाति अनुहार

थापाका लागि पार्टी र सरकारमा दोस्रो सहजता पनि छ। त्यो हो,- उनको जनजाति अनुहार। थापाको जत्तिको परेका बेला पार्टीको नेतृत्व गर्न सक्ने हैसियत र स्तर भएका जनताती नेता कुनै प्रमुख पार्टीमा अहिले देखिएका छैनन। थापालाई त्यसकारण पनि जनजाति समुदायले पत्याउने र स्वीकार गर्ने गर्छन्। उनका लागि जनजाति अनुहार नेतृत्वमा पुग्न सहज बन्न पुगेको छ।

बलियो गुटको नेता

थापालाई मोहन वैद्यसँग पार्टी विभाजनमा जादा माओवादीभित्रै आरोप लाग्ने गर्दथ्यो, -उनी योजनामै दाहालसँगको सम्बन्ध तोडेर वैद्यसँग गएका हुन्। पार्टी विभाजनमा जाँदा थापा एक्लै गएका थिए। तर फेरि वैद्यलाई छोडेर पार्टी एकतामा आउँदा भने उनले वहुमत भन्दा वढी हिस्साका नेता-कार्यकर्तालाई मूलघरमै फर्काउन सफल भए। यसले पनि मुलघरमै रहेका माओवादीका नेता-कार्यकर्ताले उनलाई सहजै नेता मान्ने गरेका छन्।

आफूसँगै मूलघरमा फर्केका नेता-कार्यकर्ता मात्रै होइन्, पूर्ववत् एमाओवादीमै रहेका नेता कार्यकर्ताको पनि गुटको नेता बन्न सक्ने क्षमता उनले राख्छन्। त्यसमाथि अलग समूहका रुपमा पार्टी एकतामा आएका मात्रिका यादव, मणी थापा लगायतले पनि थापालाई नेता मान्छन्। यसरी हेर्दा उनी पार्टीभित्र ठूलो गुटका, बलिया संगठकका रुपमा चिनिन्छन्।

कुशल संगठक

थापालाई माओवादीभित्र कुशल संगठकका रुपमा लिने जमात ठूलो छ। विषयवस्तुलाई दार्शनिक उचाइमा प्रस्तुत गर्ने कला उनीसँग छ। उनी असाध्यै सहन सक्ने क्षमता राख्छन्। कार्यकर्तालाई अन्याय गर्दैनन् भन्ने बुझाइ माओवादी पङक्तिमा जीवित राख्न उनी सफल छन्। उनले आफ्नो चरित्र मूलतः क्रान्तिकारी प्रवृतिको देखाउँदै आएका कारण पनि उनका लागि माओवादीभित्र भरपर्दा नेताका रुपमा लिने गरिन्छ।


दुर्वल पक्ष

फस्ट म्यान बन्न कसैलाई क्रस गर्न सक्दैनन्

कम्युनिष्ट पार्टीमा नेता भनेको फस्ट म्यान नै हुने गर्छन्। दाहाल हुँदा-हुँदै उनले त्यो स्थान लिने र पाउने सम्भावना देखिंदैन। अझै एमालेसँगको एकताका कारण उनलाई फष्ट म्यान हुने सुविधा देखिदैन। दाहालले आन्तरिक पार्टीभित्र र पार्टी एकतापछि उनलाई कति स्थान दिएर परिचालन गर्न सक्छन् भन्ने विषयले नै उनका लागि सहजता-असहजता निर्धारण हुने गर्छ। उनी पार्टीभित्र आफैसँग सहमत पक्षका ‘फस्ट म्यान’ हुँदाहुदै आफैं गुट बनाउन चहाँदैनन्। त्यसकारण उनी दाहाललाई क्रस गरेर अगाडी बढ्ने हिम्मत राख्दैनन्।

माओवादीका तेस्रो वरियता

विभाजित माओवादीको एकतापछि केही समय माओवादी केन्द्रभित्र दाहाल पछिको दोस्रो नेता को हुने भन्ने विवाद देखियो । नेताहरु नारायणकाजी श्रेष्ठ र थापा मध्ये को दोस्रो मर्यादाक्रममा रहने भन्नेमा विवाद भयो। पार्टी एकतामा आएकाहरूले थापा नै दोस्रो वरियताको नेता हुनुपर्ने तर्क आन्तरिक एकताका बैठकहरुमा प्रस्तुत गरे। तर थापाले नै अडान नलिएको उनीमाथि आरोप लाग्ने गरेको छ।तर अन्तिममा आन्तरिक बैठक÷प्रशिक्षणमा श्रेष्ठपछि उनलाई दाहालले उम्भाइ दिएपछि वरियतामा उनी माओवादी केन्द्रभित्र तेश्रो नेतामा रहन पुगेका थिए।


अध्ययन, गति र जाँगरको कमी

नेतामा हुनुपर्ने गुणका रुपमा उनको अध्ययन, गति र जाँगर नपुगेको भन्ने नेता कार्यकर्तापनि माओवादीभित्र छन्। पछिल्लो चरणको चुनौती के-के हुन् भन्ने विषयमा उनले अध्ययन र रुची बढाउन नसकेको आरोप उनीमाथि लाग्दै आएको छ। त्यसका साथै उनी आम कार्यकर्ताभित्रको पहुँचमा टाढा छन्। यसले पनि उनलाई नेता-कार्यकर्ताको माझबाट अलग्याउँदै लगेको छ।

 व्यवहारिक बन्न नसक्नु

कयौं घटनाक्रममा उनले ठोस पहलकदमी लिन र व्यवहारिक बन्न नसकेको आरोप खेप्दै आएका छन्। पार्टी अध्यक्ष दाहालको पहिलो प्रधनमन्त्री कालमा उनी रक्षा मन्त्री थिए। त्यसबेला उनी रुक्माङगद कटवाल प्रकरणमा मुछिए। त्यसवेला उनले कटवाल प्रकरण नउचालेको भए दाहालले सरकारको नेतृत्व छोड्न पर्देनथ्यो भन्नेहरु छन्। त्यस्तै, पार्टी विभाजन हुने बेला उनले ठोस पहल लिन सकेको भए पार्टी विभाजनलाई रोक्न सक्थे भन्ने कतिपयको बुझाइ देखिन्छ। यस हिसाबले उनलाई व्यवहारिक बन्न नसकेको आरोप लाग्ने गर्छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.