असन्तुष्ट माओवादीले नयाँ पार्टी घोषणा गर्दै, वैद्य र विप्लवको साथ
काठमाडौं : एमालेसँग पार्टी एकता गर्ने अन्तिम तयारीमा रहेको माओवादी केन्द्रका असन्तुष्ट पक्षले मंगलबार राष्ट्रिय भेला गर्ने भएका छन्। एमालेसँग एकता गर्ने पार्टीको निर्णयमा असहत रहेका नेता कार्यकर्ताले पार्टीबाट अलगिएर औपचारिक रुपमै नयाँ पार्टी घोषणा गर्ने उदेश्यसहित भेलाको आयोजना गरेको पुर्नगठित अखिल क्रान्तिकारीका केन्द्रीय संयोजक आलोक रायमाझीले बताए।
पार्टीको भेला काठमाडौं सोल्टीमोडस्थित प्लाटिनम होटलमा मंगलबार बिहान १० बजेबाट सुरू हुने कार्यक्रम तय भएको रायमाझीले बताए। कार्यक्रममा कार्यक्रममा माओवादीका असन्तुष्ट नेता गोपाल किराँती, लोकेन्द्र बिष्टमगर, विश्वभक्त दुलाल आहुती लगायतको सहभागिता रहने रायमाझीले जानकारी दिए। भेलामा माओवादी (क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्य र नेकपामा महासचिव नेत्रविक्रम चन्द 'विप्लव'समेत उपस्थित हुने बताइएको छ ।