रक्‍सी पसलेसँग घुस: असईसहित दुई प्रहरीविरुद्ध अख्तियारको मुद्दा

रक्‍सी पसलेसँग घुस: असईसहित दुई प्रहरीविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ: मदिरा पसल सञ्चालकसँग घुस लिएको अभियोगमा पक्राउ परेका दुईजना प्रहरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

धनुषाको अस्थायी प्रहरी पोष्ट लक्ष्मीनियाँबाट घुमुवा प्रहरीका रुपमा सक्रिय जवान मनोज प्रसैला र त्यही कार्यालयका असई सन्तोषकुमार सिंहविरुद्ध अख्तियारले मुद्दा चलाएको हो ।

घुमुवा प्रहरी प्रसैलाले मदिरा विक्री सहज बनाइदिने भन्दै स्थानीय पसलेसँग १० हजार रुपैयाँ घुस लिँदा लिँदै पक्राउ परेका थिए । उनले अख्तिायर बयान दिँदै असई सिंहको निर्देशनमा घुस लिएको बयान दिएका थिए ।

प्रसैलाको बयानपछि अख्तियारको टोलीले असई सिंहलाई पनि हिरासतमा लिएर अनुसन्धान थालेको थियो । दुवैविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जनही बिगो १० हजार रुपैयाँ राखेर विशेष अदालतमा मुद्दा चलाइएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.