सडक सफा गर्न झाडु बोकेर निस्किए मुख्यमन्त्री

सडक सफा गर्न झाडु बोकेर निस्किए मुख्यमन्त्री

जनकपुरधामः प्रदेश नं. २ को राजधानी जनकपुर उप–महानगरपालिकामा मङ्गलवार महा सरसफाइ अभियानको सुरुवात भएको छ । नगरलाई सफा सुन्दर बनाउन सुरु गरिएको अभियानलाई मुख्यमन्त्री लालबालु राउतले अगुवाई गरेका छन् ।

जनकपुर उपमहानगरपालिकाको आयोजनामा स्थानीय जनकचौकबाट सुरु गरिएको अभियानमा प्रदेश सभाका सदस्याहरु, सरसफाइ अभियनताहरु, निजी तथा आवासीय विद्यालय एशोसियशन प्याब्सन, एनप्याब्सन र उद्योग वाणिज्य महासङ्घले सक्रिय सहभागिता जनाएका थिए ।

स्वास्थ्य जीवनको प्रमुख आधारको रूपमा सरसफाइ अपरिहार्य रहेको बनाउँदै मुख्यमन्त्री राउतले यस अभियानमा असहयोग भूमिका खेल्ने व्यक्ति तथा संस्थाहरुलार्ई कानुनी कारबाही गरिने चेतावनी दिए ।

‘सरसफाइमा सहयोग गर्न र जथाभाबी फोहर नफ्क्न सबै प्रदेशवासीलाई आग्रह गर्दछु’ राउतले भने, ‘जथाभाबी फोहर फ्याँक्नेलाई स्थानीय प्रशासनले कानुनी कारबाही गर्ने छ ।’

मुख्यमन्त्री राउतले लाखौँ हिन्दु धर्मावलम्बी जनकपुरधामको भ्रमणमा आउने भएका कारणले पनि जनकपुरलाई स्वच्छ, सफा र सुन्दर सहरको रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले जनकपुरबासी पनि जनकपुरलाई सुन्दर बनाउन अग्रसर हुन जरुरी रहेको बताए ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार जनकपुरको विभिन्न मठमन्दिर, सरोवर तथा धार्मिक क्षेत्र एवम् परिक्रमा मार्गलाई केन्द्रित गरिएको सरसफाइ कार्यक्रममा सहभागी भएका विद्यालयहरूले आफ्नो विद्यालयको ५ सय मिटर वरपर कार्यक्रमको सञ्चालन गरेका थिए ।

नियमित रूपमा कुनै न कुनै रूपमा सरसफाइ कार्यक्रम भइरहेका बेलामा मङ्गलवार भएको महा–सरसफाइ अभियानले जनकपुरबासीमा सरसफाइप्रति चेतना बढाउन पनि महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजक संस्थाले जनाएका छन् ।

जनकपुरधाममा समापन हुन लागेको नेपाल भारतको सबैभन्दा लामो धार्मिक पदयात्रा माध्यमिकी मिथिला परिक्रमामा सहभागी भएका हजारौँ भक्तजनहरू १५ दिनको परिक्रमा सकेर आउन लागेको पूर्व सन्ध्यामा भएको महा–सरसफाइ अभियानलाई निरन्तरता दिन जरुरी रहेको अभियानमा सहभागी भएका सरसफाइ अभियानी तथा प्रदेश सभाका सदस्य रामअशीष यादवले बताएका छन् ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले घर घरमा गएर फोहरको व्यवस्थापनका बारेमा अभिभावकलाई पनि जानकारी गराउने भएकाले कार्यक्रम निक्कै महत्त्वपूर्ण भएको प्याब्सनका अध्यक्ष विश्वलाल सिंहले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.