युएईविरुद्धको अभ्यास म्याचः टस हारेर नेपाल फिल्डिङमा
काठमाडौँः आईसीसी विश्वकप छनोट खेलका लागि जिम्बाब्वे पुगेको नेपाली क्रिकेट टोली र युएईबीच अहिले क्वेक्वेमा अभ्यास खेल भइरहेको छ ।
युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गरिरहेको छ । २९ ओभरको यो खेलको ताजा अवस्थामा युएईले १० ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनाउन सफल भएको छ ।
नेपालका लागि ललित भण्डारीले पहिलो विकेट लिएका छन् । उनले युएईका ओपनर रोहन मुस्ताफालाई ७ बलमा ४ रन बनाएको अवस्थामा पेभेलियन फर्काए ।
ताजा अवस्थामा युएईका लागि अस्फाक अहमेदले ३५ बलमा २७ रन बनाएका छन् भने उनलाई साथ दिइरहेका गुलाम सहबीर २२ रन बनाउँदै क्रिजमा छन् ।