दुई सय नतिरी फरार वृद्ध ३३ वर्षपछि समातिए

 दुई सय नतिरी  फरार वृद्ध ३३ वर्षपछि समातिए

नुवाकोट : प्रहरीले एकजना अभियुक्तलाई फरार भएको ३३ वर्षपछि पक्राउ गरेको छ। कुटपिट मुद्धामा नुवाकोट जिल्ला अदालतबाट २०४१ साल भदौ २८ गते दुई सय रुपैयाँ जरिवना फैसला गरेलगत्तै नुवाकोटको पूर्वी भेगमा रहेको थानापतिका सुन्दर मिजारलाई पक्राउ गरेको हो। उनलाई जरिवाना असुलका लागि नुवाकोट जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

माघ महिनादेखि विभिन्न मुद्दामा फरार अभियुक्तलाई फक्राउ गर्ने अभियानमा नुवाकोट प्रहरीले झण्डै डेढ सय फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।

यसैगरी, बहु विवाह मुद्धामा गत २०७२ साल माघ २५ गते २५ हजार रुपैयाँ जरिवाना र ११ महिना ६ दिन कैद फैसला गरिएका नुवाकोटको मनकामनाका श्यामकुमार गुरुङलाई पनि पक्राउ गरी अदालतमा बुझाइएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुंवरले बताए।

यस्तै, चोरी मुद्धामा फरार नुवाकोट थानापतिका चतुरे तामाङलाई नुवाकोट अदालतले २०५५ साल असार ७ गते आठसय ८५ रुपैयाँ जरिवाना र एक महिना १५ दिन कैद सजाय फैसलालगत्तै फरार रहेका उनलाई पक्राउ गरी अदालतमा बुझाइएको कुंवरले बताए।हालसम्म एकसय ३७ जना फरार अभियुक्त पक्राउ गरिसकेको नुवाकोट प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.