पचली भैरव पुग्दा प्रसन्न पारस (फोटो फिचर)
काठमाडौँ: पूर्वयुवराज पारस शाहले मंगलबार टेकुस्थित पचली भैरवमा पूजा गरेका छन्। दौरा सुरुवाल, कोट र टोपीमा सजिएर मन्दिरमा पुगेका उनले केहीबेर विशेष पूजाआजा गरे ।
पारस पचली भैरवमा पुग्दा राजतन्त्रका पक्षधरहरु सडकमा उभिएर उनको स्वागत गरेका थिए । पारस पचली भैरवमा एक्लै पुगेका हुन् ।
पचली भैरवमा उनले विशेष चासोसाथ पूजारीको सहयोगमा पूजा गरे । औपचारिक पोशाकमा देखिएका उनी पूजा गरेपछि प्रसन्न देखिए ।