नेपाललाई युएईले दियो १७२ रनको चुनौती
काठमाडौँ: आईसीसी विश्वकप छनौट खेल खेल्न जिम्बाब्वे पुगेको नेपाली टोलीलाई पहिलो अभ्यास खेलमा युनाइटेड अबर एमिरेट्सले १७२ रनको चुनौती दिएको छ।
वर्षाले प्रभावित बनेर २९ ओभरमा झारिएको खेलमा युएईले २८.५ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन बनाएपछि नेपालले १७२ रनको चुनौती पाएको हो ।
जिम्बावेको क्वे क्वे स्पोर्टस् क्लबको खेल मैदानमा टस जितेर ब्याटिङमा उत्रेको युएईका लागि मध्यम स्कोर बनाउने क्रममा अस्फाक अहमदले सर्वाधिक ४२ रन बनाए । उनले ५१ बलमा ४ चौका र १ छक्कासहित त्यो स्कोर बनाएका हुन् ।
युएईका लागि अदन मुफ्तीले २६ बलमा ३७ रन बनाए भने गुलाम सहबीरले ३८ बलमा ३२ रनको योगदान दिए । त्यसैगरी महम्मद उसमानले २० बलमा २६ रन बनाउन सफल भए ।
नेपालका लागि करण केसीले ५.५ ओभर बलिङ गर्दै ३८ रन खर्चिएर ३ विकेट लिन सफल भए । त्यसैगरी ललित भण्डारीले ६ ओभर बलिङ गर्दै ४० रन खर्चेर ४ विकेट लिन सफल भए ।
त्यसैगरी ललित राजवंशीले २ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट लिन सफल भए ।