वाम एकताः नयाँ पार्टीको विधान र संगठन टुंग्याउन उपसमिति

वाम एकताः नयाँ पार्टीको विधान र संगठन टुंग्याउन उपसमिति

काठमाडौं: वाम एकताका लागि अन्तरिम विधान तथा संगठनात्मक ढाँचा तयार गर्न गठित कार्यदलको मंगलबार बसेको बैठकले दुई उपसमिति गठन गरेको छ ।

विद्यानको मस्यौदा तयार गर्न नेताहरू बर्षमान पुन र वेदुराम भुषाललाई जिम्मा दिइएको छ । त्यस्तै दुवै पार्टीका जनसंगठन , पेशागत संगठन, सामाजिक संगठनहरुको एकताको प्रक्रिया सम्बन्धी प्रस्ताव तयार गर्न नेताहरू गोकर्ण विष्ट र गिरिजमणि पोखरेललाई जिम्मा दिइएको छ ।

एमाले मुख्यालय धुम्वाराहीमा मंगलबार बसेको बैठकले २२ फागुन भित्र दुवै समितिले कार्यदलमा मस्यौदा बुझाउने गरी दुई उपसमिति गठन गरेको हो । मस्यौदा तयार भएपछि त्यसमाथि छलफल गरी टुंगोमा पु¥याइने कार्यदलका सदस्य वेदुराम भुसालले अन्नपूर्णलाई बताए ।

फागुन ७ मा वाम एकताको सहमतिकै दिन अन्तरिम विधान तथा संगठनात्मक ढाचा तयार पार्न रामवहादुर थापा, इश्वर पोखरेल , विष्णु पौडेल, वर्षमान पुन, सुरेन्द्र पाण्डे, वेदुराम भुषाल, रघुविर महासेठ र गिरिराजमणि पोखरेल, मातृका यादव, जर्नादन शर्मा रहेको कार्यदल गठन भएको थियो ।

कार्यदले एकता संयोजन समितिलाई अन्तिम प्रतिवेदन बुझाउन जम्मा १५ दिनको समय दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.