६ हजार सरकारी कार्यालय खारेज हुँदै

६ हजार सरकारी कार्यालय खारेज हुँदै

काठमाडौं : केन्द्रिकृत शासनअनुसार देशभर स्थापित ८ हजार ६ सय १ सरकारी कार्यालयमध्ये ६ हजारभन्दा धेरै कार्यालय खारेजीको प्रक्रिया थालिएको छ । सरकारले केन्द्रमा रहेका ३० मन्त्रालयलाई १७ मा झारेलगत्तै केन्द्र, क्षेत्र, अञ्चल र जिल्लामा रहेका ६ हजारभन्दा धेरै कार्यालय एकै पटक खारेजी प्रक्रिया थालिएको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयलगायत अन्य सरोकारवाला मन्त्रालयको समन्वयमा क्षेत्र, अञ्चल र जिल्लास्तरमा रहेका अधिकांश सरकारी कार्यालय खारेजी र समायोजन प्रक्रिया तीव्र पारिएको जनाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले केन्द्रमा मन्त्रालय मर्ज हुने क्रमस“गै क्षेत्र, अञ्चल र जिल्लाका सरकारी कार्यालय खारेजी प्रक्रिया तीव्र पारिएको जानकारी दिए । ‘अब ८ हजार कार्यालयमध्ये ६ हजारभन्दा धेरै खारेज हुनेछन् । त्यसको गृहकार्य भइरहेको छ’, उनले भने ।

सचिव थपलियाले यसअघि नै सामान्य गृहकार्य भइरहे पनि केन्द्रमा मन्त्रालय गाभिने क्रमस“गै अन्य कार्यालय खारेजी र मर्ज तीव्र पारिएको जानकारी दिए । सरकारले गत शुक्रबार केन्द्रमा रहेका ३० मन्त्रालयमध्ये १३ लाई गाभेर १७ वटा बनाउने निर्णय गरेको थियो । उनका अनुसार कार्यालय खारेजी र मर्जबारे छलफल गर्न सोमबारदेखि नै सरोकारवाला मन्त्रालयका अधिकारीस“ग सघन छलफल सुरु भएको छ ।

केन्द्रमा विभिन्न मन्त्रालयस“ग सम्बद्ध ५३ विभागमध्ये झण्डै आधा खारेज हुन सक्ने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सामान्यका अनुसार सयौं केन्द्रीय निकायसमेत मर्ज गरी ३१ वटामात्र बनाउन प्रस्ताव गरिएको छ । जिल्लाका अधिकांश सरकारी कार्यालय स्थानीय तहमा र क्षेत्र एवं अञ्चलका कार्यालय प्रदेशमा समायोजन गर्न गृहकार्य भइरहेको सचिव थपलियाले जानकारी दिए ।

सामान्यका अनुसार हाल प्रदेश १ मा १ हजार ४ सय ७५, प्रदेश २ मा १ हजार ३ सय ३३, प्रदेश ३ मा १ हजार ७ सय ७६, प्रदेश ४ मा १ हजार १ सय ४०, प्रदेश ५ मा १ हजार २ सय ६०, कर्णाली प्रदेशमा ७ सय ९ र प्रदेश ७ मा ९ सय ८ वटा गरी देशभर जम्मा ८ हजार ६ सय १ सरकारी कार्यालय छन् । यी कार्यालयमध्ये सबैभन्दा धेरै कृषि मन्त्रालयअन्तर्गत कृषि कार्यालय र कृषि सेवा केन्द्र, पशु विकास मन्त्रालयअन्तर्गत पशु विकास कार्यालय र पशु सेवा केन्द्रहरू तथा स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा केन्द्र छन् । यी सबै खारेज गरी ती कार्यालयले गर्ने काम स्थानीय तहमा समायोजन गरिने सचिव थपलियाले जानकारी दिए ।

जिल्ला प्रशासन, राजस्व, हुलाक, प्रहरी, कोष तथा लेखा नियन्त्रक कार्यालय र अदालतबाहेक बाँकी अधिकांश कार्यालय खारेज हुने छन् । अर्धन्यायिक निकायका रूपमा रहेका वन र भूमिसुधार कार्यालय भने केही समय कायम रहेन बताइएको छ । सामान्यकी प्रशासन सुधार महाशाखा प्रमुख सहसचिव नीता पोख्रेलले केन्द्रदेखि जिल्लामा रहेका विभिन्न सरकारी कार्यालय खारेज गरेर प्रदेश र स्थानीय तहमा समायोजन गर्न थालिएको बताइन् ।

स्थानीय सरकार सञ्चालन ऐनमा आगामी २८ चैतसम्म जिल्लामा रहेका सरकारी कार्यालय स्थानीय तहमा मर्ज भइसक्नुपर्ने व्यवस्था छ । खारेज हुने कार्यालयको जनशक्ति, स्रोत, साधन र संरचना स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रियासमेत थालिएको सचिव थपलियाले जानकारी दिए । सरकारले केन्द्रीय स्तरमा रहेका र सोअन्तर्गतका समिति, आयोग र प्रतिष्ठान पनि खारेजी र मर्जको प्रक्रिया छिटै थाल्ने योजना बनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.