कुटुक्क कटुस
सानो-सानो ताउलीमा दुई कुड्की भात,
बाहिरपट्टि बाक्ला काँडा घोच्ला तिम्रो हात, क्या हो ?
हाम्रो समाजमा कटुसको गाउँ खाने कथानै छ। कुटुक्क टोकेर भित्री गुदी खानुको मज्जा वर्णन गर्ने सकिन्न। उसै त कटुस भने पनि मुख रसाउने गर्छ, स्वाद थाहा हुनेले मुखमा नपार्दै र्याल आउछ। पोषिलो खाना मध्ये पर्ने यो कटुसले भोकै मेटाउछ। मानव श्रृष्टीको शुरुवातमा कटुसको महत्व आजको भन्दा बढी भएको प्रमाणहरु भेटिन्छ। बिकाससँगै प्रसस्त खाद्यन्न पाइन थाले पछि हिजोआज यसको महत्व कम हुदै गएको पाइन्छ। जंगलमै हजारौ टन कटुस कुहिन थालेको छ।
मानवसभ्यतासँग सम्बन्ध रहेको कटुसको धार्मिक रुपमा तिहारको भाई मसलामा अनिवार्य हुने गरेको छ। फल मात्र होइन उच्च पहाडी क्षेत्रमा सिसो र हिमपात पचाउने भएकाले यसको काठ बलियो मध्ये एक हो। पहाडी साल भनेर समेत चिन्ने गरिन्छ। ढाल्ने कटुसको पातबाट दुना टपरी बनाइने गरिन्छ। कटुसको दाउरा, काठ , घर, गोठ छाउन सेउला प्रयोग गर्ने गर्छ। खान योग्य जंगली फल भएकाले मानव मात्र नभएर जंगली जीवजन्तुको जीवनचक्रलाई पनि यसले सहयोग पुर्याउने गरेको वनस्पति विभाग राष्ट्रिय बनस्पति उद्ययान गोदावरीका प्रमुख बरिष्ठ उद्यय अधिकृत दिपक लामिछानेले बताए। जीवजन्तु र मानवको जीवनस्तर बनाउन सहयोग पुर्याउने मुख्य प्रकृतिक फल मध्ये कटुस एक हो। उत्तिकै पोषणयुक्त हुने भएकाले यसको महत्व अन्य फल भन्दा बढी हुने गर्छ।
हिजोआज हाम्रो समाजमा कटुस महत्वहिननै छ भन्दा फरक पर्दैन। ग्रामिण भेगका केही किसानले जंगलमा झरेको खोजेर ल्याउने र बजारमा बिक्री गर्ने भन्दा अरु कुनै व्यवसायिता अपनाउन सकिएको छैन। कटुस खान योग्य प्राकृतिक जंगली फल हो। रूख वर्गमा पर्ने वनस्पतिले तीन बर्षको अन्तरमा फल दिने गर्छ। फल दिनलाई फूल फुल्दा जंगलनै वासनादार हुने गर्छ अनी यो समय वरपरको वातावरण सुगन्धित हुने गर्दछ।
यसको व्यवसायिक बिस्तार हुन सकेको छैन भने संकलित कटुसको ब्राण्ड दिन नसक्दा बजारीकरण हुन सकेको छैन। प्याकिङ गरेर नेपालमात्र नभएर अन्तराष्ट्रिय क्षेत्रमा बजार बिस्तार गरे लाखौ आम्दानी गर्न सकिनेमा कुनै शंका छैन। वनस्पति विभागले बनस्पति उद्ययन गोदावरीमा जनचेतना फैलाउने यसका प्रकार र बिषेशताहरु राखिएको जनायो। थप व्यवसायिक बिकास र विस्तारका लागि भने विभागले कुनै सोच बनाएको भने छैन।
जंगली फल भएकाले व्यवसाय गर्न कठिन भएको वनस्पति विद् केशवराज राजभण्डारीले बताए। पोषण तत्व बढी पाइने भएकाले स्वास्थ्यका लागि राम्रो मानिन्छ। तर काठ, दाउरा प्रयोग बढी हुने भएकाले यस क्षेत्रफल मासिने क्रम बढेको राजभण्डारीले बताए। बैज्ञानीक नाम ह्याक्ट्रीक्स भएको कटुस नेपालको पुर्वी नेपाल मात्र पाइने र अन्य दुई प्रजाती मध्यपहाडमा जताततै पाइने गर्छ। कटुस मध्ये ढाल्ने कटुस बढी प्रयोग हुने गर्छ तर जंगलको अवस्था मासिने क्रममा रहेको बिदहरु बताउछन्।
व्यवसायिक खेती गर्न भने नसकिने होइन तर राज्यका निकायहरुले यसमा कुनै पनि पहल गरेको छैन। फलफूल विकास निर्देशनालय, वनस्पति विभाग लगायतका कार्यालयहरु भने पनि कुनै पहल नभएको पाइएको हो। किसानको रुचि भने यो फलको खेतिमा अत्यन्तै रहेको पाइएको छ। निर्देशनालयले काठमाडौको कीर्तिपुर, मकवानपुरको दामन र बैतडीको फार्मबाट कटुसको बेर्ना उत्पादन शुरु गरेको छ। फलफूल जस्तो नहुने र बोट अग्लो र खेतबारीमा सेप हुने कारणनै यो खेतीको चुनौति हो। जंगलमा प्रसस्त मात्रामा पाइने कटुसलाई व्यवसायिक बनाउन पहिले बजारीकरण मुख्य रहेको किसानहरुको भनाई छ।
कोशेली कटुस :
हिजोआज उच्चपहाडी क्षेत्रबाट अन्यत्र जानेहरुले कोशेली लाने गरेको पाइन्छ। हिमाल र तराईमा कटुस पाइदैन त्यस क्षेत्रका लागि कटुस, ओखर लगायतका जंगली फल महत्वपुर्ण कोशेली बन्ने गर्छ। सिजन नलाग्दै कटुस कोशेलीको माग गर्ने गरेको कटुस बिक्री गर्दै आएका भोजपुरका सिमन्त कुलुङले सुनाए। काडैकाडाले ढाकेको अनी अग्लो रुख हुने भएकाले यो फल टिपेर खान सकिदैन। परिपक्व भए पछि आफै भूँईमा झर्छ। त्यस पछि मात्र टिपरे प्रयोग गर्ने गरिन्छ। जंगली जीवका लागि पनि यो मुख्य खाननै हो।
कात्तिक महिना देखि खान योग्य हुने कटुस फागुन चैत सम्म रहने गर्छ। जंगल चिसो हुने भएकाले लामो समय सम्म कटुस रहने गर्छ। हिजोआज संखुवासभा, भोजपुर, तेह्रथुम र ताप्लेजुङ लगायत ग्रामिण भेगका स्थानीयबासीले जंगलबाट संकलन गरी दुई सय रुपैयाँ प्रतिकिलोग्राममा बिक्री गर्ने गरेको पाइएको छ। आम्दानी राम्रो हुनाले जंगलमा कुहिन छाडेको संखुवासभाका आङतेन्जी शेर्पाले बताए। धादिङ, नुवाकोट, गोरखा, लमजुङ, पर्वत बाग्लुङलगायत जिल्लामा कटुसको उच्च घनत्वको जङगल प्रसस्त रुपमा कटुस पाइन्छ।
नेपाली कटुस फरक बिषेशता :
नेपालमा बिषेश गरी मुसुरे , पात्ले र ढाल्ने कटुस पाइन्छ। पात्ले र ढाल्ने कटुसको पातलो बोक्रा हुने गर्छ। पाल्ते, ढाल्ने कटुस ६ देखि १२ सिएम सम्मको आकारमा हुने गर्छ। पात्ले र ढाल्ने एक हजार आठ सय देखि दुई हजार तीन सय मीटर उचाइ सम्म हुने गर्छ। उच्च पहाडी क्षेत्रमा सानो साइजको मुसुरे कटुस एक हजार पाँच सय देखि एक हजार सात सय सम्म हुने गर्छ। मुसुरे कालो (सानो दाना ) कटुसको रङ पनि कालो हुन्छ। विषेश गरी कात्तिक मंसिर महिनामा खान योग्य हुने गर्छ। विश्वभर विभिन्न जातका कटुस पाइए पनि नेपाली कटुसको फरक बिषेशता रहेको वनस्पति विभागको अध्यनहरुले देखाएको छ। स्वादिलो हुने बोक्रा पातलो र गुदी धेरै हुने गर्नाले मिठो सँगै सुगन्धित पनि हुन्छ। केहीले फलका रुपमा चीज मानेर प्रयोग गरे पनि विपन्न वर्गले यसलाई खाद्यन्नकै रुपमा पनि प्रयोग गरी छाक टार्ने गरेको पाइन्छ।
विश्वका चर्चित कटुस
अंग्रेजी नाम हेजलनट रहेको कटुस विश्वमै पाइने गरेको अध्यनहरुले देखाएको छ। बिषेश गरी बिश्वमा पाइने कटुस मध्ये अमेरिकाको करिलुस करर्नटा क्षेत्रमा वेक्ड हेजलनट पाइने गर्छ। ४ देखि ७ सिएम ठुलो हुने गर्छ। अमेरिकामा पाइने अमेरिकी हेजलनट पनि डेढ देखि ३ सिएम सम्म ठुलो हुने गर्छ। अर्को युरोपिएन हेजलनट मुख्य हुन्।