‘होलीमा समस्या परे १०० मा फोन गर्नू’

 ‘होलीमा समस्या परे १०० मा फोन गर्नू’

भैरहवा : होलीलाई ध्यानमा राख्दै रुपन्देही प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । होली पर्वमा विभिन्न घटना हुन सक्ने भएकाले जिल्लाको सुरक्षा स्थितिलाई ध्यानमा राख्दै रुपन्देही प्रहरी विशेष सुरुक्षा योजना लागू गरिएको हो । मंगलबारदेखि जिल्लाभर होली पर्वमा कसैको इच्छाविपरीत लोला हान्ने, रङ लगाउने, मादक पदार्थ सेवन गरी होहल्ला, झैझगडा गर्नेजस्ता क्रियाकलाप नगर्न भन्दै माइकिङसमेत गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए ।

सुरक्षा योजनाअन्तर्गत जिल्लाभर ६३ वटा पिकेट, १८ वटा मोबाइल गस्ती, ठाउँ–ठाउँमा चेकिङ प्वाइन्ट, प्रहरीका टिम विभाजन गरी जिल्लाभर खटिने उनले बताए । कसैको इच्छाविपरीत लोला हान्ने, रङ लगाउने, ट्राफिक नियम उल्लंघन, मादक पदार्थ सेवन गरी होहल्ला, झैझगडाजस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल पक्राउ गरी कारबाही गरिने उनले जानकारी दिए ।

जिल्लाको सुरक्षा व्यवस्था मजबुत राख्न सम्बन्धित प्रहरी कार्यालयका प्रमुख आफैं खटिने निर्देशन दिइएको उनले बताए । ‘होलीमा सम्पूर्ण प्रहरी कार्यालय प्रमुख आफैं खट्ने निर्देशन दिएका छौँ’, डीएपी पाण्डेले भने, ‘जिल्लाको कुना कुनामा प्रहरी खटिनेछन् । खबर प्राप्त भएको केही समयभित्रै प्रहरी पुग्नेछन् ।’ होलीलाई लक्ष्य गरी जिल्लाभर ६ सय ८७ जनाको प्रहरी टोली परिचालन हुने उनले बताए ।

कसैले जबरजस्ती लोला हान्ने, रङ लगाउने गरेमा तत्काल कन्ट्रोल रुमको १०० नम्बरमा प्रहरीलाई खबर गर्नसमेत उनले आग्रह गरे । रुपन्देहीमा होली पर्व शान्तिपूर्ण रूपमा सम्पन्न गर्न रुपन्देही प्रहरीले मदिरा बिक्री–वितरण र सेवन गर्नसमेत रोक लगाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.