प्रदेश २ मा मन्त्रिपरिषद् विस्तारको गृहकार्य

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तारको गृहकार्य

वीरगन्ज : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। फोरम–राजपा गठबन्धन सरकार बुधबार बिहान विस्तार गर्ने तयारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

राजपाबाट मन्त्रीको नामावली आए सरकार विस्तार गरिने मुख्यमन्त्री राउतले जानकारी दिए। स्रोतका अनुसार बिहान १० बजे शपथग्रहण कार्यक्रम तय भएको छ। फोरम र राजपाबाट दुई–दुई मन्त्री र तीन–तीन राज्यमन्त्री नियुक्त गर्ने सहमति भएपछि प्रदेश सरकार गठनको १२ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको हो।

सात मन्त्रालयमध्ये संघीय फोरमबाट विजय यादव आर्थिक मामिला तथा योजना मन्त्रालय र राजपाबाट जितेन्द्र सोनाल भौतिक पूर्वाधारमन्त्री नियुक्त भइसकेका छन्। फोरम र राजपाले तत्काल अब दुई/दुई मन्त्रालय र तीन/तीन राज्यमन्त्री पाउने भएका छन्। बढीमा १२ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी रहेको जनाइएको छ।

फोरमबाट ज्ञानेन्द्र यादवले गृह र शैलेन्द्र साहले कृषिमन्त्रीको जिम्मेवारी पाउने लगभग पक्कापक्की भएको मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। राजपाबाट सामाजिक विकास मन्त्रालयमा नवलकिशोर साह र उद्योग, पर्यटनमा रामनरेश राय जाने चर्चा चले पनि बुधबार बस्ने अध्यक्षमण्डलको बैठकले टुंगो लगाउने सहमति भएको जनाइएको छ।

फोरमबाट गृहमा सरोजकुमार सिंह, कृषिमा उषा यादव र अर्थमा योगेन्द्र यादव राज्यमन्त्री बन्न लागेका छन्। फोरमले राज्यमन्त्री बन्नेको टुंगो लगाए पनि नाम सार्वजनिक भने गरेको छैन। अहिले नै नाम भन्दा विवाद बढ्ने भएकाले बुधबार बिहान सार्वजनिक गर्ने तयारी रहेको स्रोतले जनाएको छ। राजपाले भने राज्यमन्त्री बन्नेहरूको नाम टुंगो लगाउन सकेको छैन। बुधबार बिहान बस्ने बैठकले नाम टुंगो लगाउने जनाइएको छ।

फोरम अध्यक्ष उपेन्द्र यादव केन्द्र सरकारमा गए प्रदेश मन्त्रिपरिषद् विस्तार नहुने सम्भावना पनि उत्तिकै रहेको राजपाका एक नेताको भनाइ छ। उनका अनुसार फोरमले केन्द्र सरकारमा के गर्छ भनेर हेर्नकै लागि राजपाले बैठक बुधबार सारेको हो। ‘फोरम एमाले नेतृत्वको सरकारमा जान्छ भने हामी प्रदेश सरकारमा सहभागी हुँदैनौं’, उनले भने। सहमतिमै सरकार गठन भए पनि मन्त्रालय बाँडफाँटमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.