न्यु डायमन्ड र आर्मी सेमिफाइनलमा

न्यु डायमन्ड र आर्मी सेमिफाइनलमा

काठमाडौं : चौथो एनएसटी-एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा शिवम् न्यु डायमन्ड र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको महिलातर्फको लिग खेलमा न्यु डायमन्ड र आर्मीले समान ३-० को सोझो सेटको नतिजा निकाले ।

पहिलो खेलमा न्यु डायमन्डले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५-६,२५-१६, २५-१५ को सेटमा हरायो । अर्को खेलमा आर्मीले पद्मोदय युथ क्लब चितवनलाई २५-१०,२५-७, २५-१३ को सेटमा पराजित गर्‍यो । समूह ए मा रहेका दुवै टोलीले समान ६ अंक बनाएका छन् । बुधबार न्यु डायमन्ड र आर्मीबीच समूह विजेताका लागि प्रतिस्पर्धा हुनेछ । महिलाकै समूह बीबाट एपीएफ ६ अंक जोड्दै समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको छ ।

यसैगरी पुरुषतर्फको खेलमा सफलता हात पार्दै हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस, एपीएफ र आर्मीले समूह विजेताको रूपमा क्वार्टरफाइनलमा पुगेका छन् । हेल्प नेपालले पश्चिमाञ्चल क्षेतीय भलिबल संघलाई २५-१२, २५-२३, २५-१४ को सोझो सेटमा हरायो । पुलिसले काभ्रे जिल्ला भलिबल संघलाई २५-१४, २५-१४, २५-९ को सेटमा हरायो । एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५-१५, २५-१२, २५-१४ को सोझो सेटमा पराजित गर्‍यो ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिलातर्फ सात र पुरुषतर्फ ११ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको महिला तथा पुरुष विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुनेले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार पाउनेछन् । र उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.