आगो ताप्नेक्रममा शरीरमा आगो सल्केर मृत्यु
इलाम : आगो ताप्ने क्रममा शरीरमा आगो सल्किँदा इलाममा एक महिलाको मृत्यु भएको छ। मंगलबार शरीरमा आगो सल्किएकी माईजोगमाई–५ की ५५ वर्षीय निरकुमारी राईलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
उनी आगो ताप्ने क्रममा चुलोमा लड्दा शरीरमा आगो लागिबाट घाइते भएको बताइएको छ । धरानको घोपातर्फ लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको बताइएको छ।रासस