प्रदेश नम्बर २ मा १० सदस्यीय मन्त्रिपरिषद्

प्रदेश नम्बर २ मा १० सदस्यीय मन्त्रिपरिषद्

जनकपुर : प्रदेश नम्बर २ मा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री लालबाबु राउतले बुधबार १० सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन्। प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले नयाँ मन्त्रीहरूलाई सपथ गराएका छन् । मुख्यमन्त्री राउतले राज्यमन्त्रीहरूलाई सपथ गराएका छन्।

संघीय समाजवादी फोरमका तर्फबाट ज्ञानेन्द्र यादवले प्रदेशको गृहमन्त्रालयसमेत मानिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा पाएका छन्। यो मन्त्रालयमा सरोज सिंह राज्यमन्त्री भएका छन्।

शैलेन्द्र साहले भूमि, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने योगेन्द्र रायले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रदेश २ को मन्त्रिपरिषद्‍मा राजपाले दुई मन्त्री पठाएको छ। नवलकिशोर साहले समाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। यो मन्त्रालयमा संघीय समाजवादी फोरमका तर्फबाट उषादेवी यादव राज्यमन्त्री भएकी छन्। राजपाकै तर्फबाट रामनरेश राय उद्योग, पर्यटन तथा वातावरण मन्त्री बनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.