फोरम सरकारमा जाने भएपछि राजपाले ब्युँत्यायो संविधान संशोधन मुद्दा

फोरम सरकारमा जाने भएपछि राजपाले ब्युँत्यायो संविधान संशोधन मुद्दा

काठमाडौँ: एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संघीय समाजवादी फोरम नेपाललाई सरकारमा ल्याउने कोशिश गरिरहेका बेला अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनको मुद्दा फेरि उठाएको छ ।

प्रदेश २ को सरकारलाई वाम दलले समर्थन गरेपछि ओलीले यादव नेतृत्वको फोरमलाई सरकारमा ल्याउने प्रयास जारी राखेका बेला राजपाले संविधान संशोधनको मुद्दा ब्युँताएको हो ।फोरम सरकारमा जाने भएपछि राजपा सरकारप्रति आक्रमक हुन थालेको छ । राजपाले केन्द्रीय सरकार संविधान संशोधनका विषयमा गम्भिर नभएको आरोप लगाएको छ ।

उसले संशोधन लगायतका विषयलाई गौण राखेर अन्यत्र केन्द्रित भएको भन्दै आक्रोश व्यक्त गरेको छ । बुधबार राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले प्रेस विज्ञप्ति नै जारी गरी सरकारको कदमको आलोचना गरेका छन् । संयोजक ठाकुरले मधेशी, थारु, जनजाति, आदिवासी, पिछडावर्ग,अल्पसख्यक, मुस्लिम, दलितद्वारा उठाएको माग पुरा हुने गरी संविधान संशोधन , झुठा मुद्दा फिर्ता र बन्दी रहाई लगायतका विषयको अविलम्ब संबोधन गर्न माग गरेका छन् ।

विज्ञप्तिमा मधेशी, थारु, जनजाति, आदिवासी, पिछडावर्ग, अल्पसंख्यक, मुस्लिम, दलितको समस्याप्रति राजपा गम्भिर रहेको बताइएको छ । राजपाले एजेण्डाका आधारमा जनताको अभिमत प्राप्त भएकोले जनादेश अनुरुपले अघि बढ्ने समेत ठाकुरको विज्ञप्तिमा उल्लेख गरिएको छ । फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने भएपछि प्रदेश २ मा सत्ता गठबन्धन गरेका फोरम-राजपामा चिसोपन उत्पन्न भएको छ ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.