विप्लवका पोलिटब्युरो सदस्य पदम राई ६० हजार धरौटीमा रिहा

विप्लवका पोलिटब्युरो सदस्य पदम राई ६० हजार धरौटीमा रिहा

भोजपुर: नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई नेता जनही ६०-६० हजार धरौटीमा रिहा भएका छन् । प्रदेश सभाका तत्कालिन उम्मेदवार शेरधन राईमाथि बम आक्रमण गरेको आरोपमा पक्राउ परेका नेकपा पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री पदम राईलाई जिल्ला अदालत भोजपुर ६० हजार धरौटी लिएर रिहा गर्ने आदेश दिएको हो ।

उनलाई गत फागुन १३ गते मोरङको केराबारीबाट प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय भोजपुरले बुधबार पेश गरेपछि भएको मुद्दाको सुनुवाइमा अदालतले राईलाई ६० हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । उनीसँगै नेकपाका कुदाककाउले गाउँ पार्टी सेक्रेटरी उद्धब बस्नेतलाई पनि अदालतले ६० हजार धरौटीमा रिहा गरेको छ ।

राई र बस्नेतलाई प्रदेश नम्बर १ मा हाल मुख्मन्त्री रहेका एमाले उम्मेदवार शेरधन राईमाथि चुनावी प्रचारपसारको क्रममा गत मंसिर ४ गते ट्याम्के-मैयुङ गाउँपालिकास्थित गुम्बामा बम आक्रमण गरेको आरोप लगाइएको थियो ।

नेता राईलाई त्यही प्रकरणमा मुद्दा चलाउन मं‌गलबार भोजपुर ल्याइएको थियो । बस्नेतलाई यसअघि नै गाउँबाट पक्राउ गरिएको थियो ।

राई भोजपुरका पुराना माओवादी नेता हुन्। उनी आवास तथा भौतिक योजना राज्यमन्त्री पनि भएका थिए । त्यहीबेला उनी २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर १ बाट सभासद भएका थिए । राई माओवादीनिकट किरात राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष पनि भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.