एमाले, माओवादी र फोरमको निर्णायक वार्ता सिंहदरबारमा

एमाले, माओवादी र फोरमको निर्णायक वार्ता सिंहदरबारमा

काठमडौं : संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराउने विषयमा निर्णय वार्ता सिंहदरबारमा जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको वार्तामा सकारात्मक ढंगले अघि बढेको बताइएको छ ।

संविधान संशोधन र मन्त्रालयको विषयमा करिबकरिब सहमति भएको भए पनि फोरमले लिखित सहमती मागेपछि तीन दलले शीर्ष वार्ता सुरु गरेका हुन् ।

फोरमलाई समेत सरकारमा सहभागी गराएर मात्र सरकारलाई पूर्णता दिने तयारीमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय छन् । फोरमले नेपालको संविधान २०७२ को धारा ७४ को उपधारा (७) संशोधनको अडान राख्दै आएको छ । उक्त धारामा प्रदेशको सीमांकन सम्बन्धी व्यवस्था छ ।

बुधबार दिउँसो फोरमलाई सरकारमा सहभागी गराउने विषयमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा बादल, र नेता नारायणकाजी श्रेष्ठ छुट्टै छलफलमा बसेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.