माछा दिने प्रलोभनमा आठ वर्षीया बालिका बलात्कृत

माछा दिने प्रलोभनमा आठ वर्षीया बालिका बलात्कृत

वीरगन्ज : पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ निचुटामा आठ वर्षीया एक बालिका बालात्कृत भएकी छिन्। निचुटाकै एक सामुदायिक विद्यालयको कक्षा १ मा अध्ययनरत बालिकालाई माछा दिने प्रलोभन दिएर एक युवकले बुधबार अपरान्ह ५ बजे तिर बलात्कार गरेका हुन्।

बालात्कारपछि गम्भीर घाइते बालिकाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। उनको शल्यक्रिया पनि गरिएको अस्पतालमा रहेको नेपाल प्रहरीको बिटले जनाएको छ।

बुधबार अपरान्ह विद्यालय सकाएर घर फर्किएकी बालिका आफ्नी साथीसँग बाख्रालाई घाँस लिन गाँउ नजिकको खेतमा गएका बेला खेतको नजिकैको पोखरीमा माछा मारिरहेका मलाहहरु (माछा मार्ने समूह) मध्येका एक युवकले दुवै बालिकालाई माछा दिने प्रलोभन देखाएर जवरजस्ती गर्न खोज्दा एक बालिका उम्केर भाग्न सफल भए पनि अर्की बालिकालाई ती युुवकले कुटपिट गर्दै बलात्कार गरेको प्रहरीले जनाएको छ।

बुधबार अपरान्ह घाँस लिन घरबाट बाहिर निस्किएकी बालिका साँझ अबेरसम्म पनि घर नफर्किएपछि बालिकाका बुबाले खोज्दै जादा उनलाई घर नजिकैको पर्तीमा अचेत अवस्थामा फेला पारेका थिए।

‘छोरी साँझसम्म पनि घर नफर्किएपछि छरछिमेककोमा र निचुटा बजारसम्म पुगेर खोजे तर कहीँ पनि फेला पारिन्’ नारायणी उपक्षेत्रीय अस्पतालमा बिहीबार बिहान उपचार गराइरहेको अवस्थामा भेटिएका पीडित बालिकाको बुबाले भने, ‘पछि फेरि घरको पछाडि पर्ती तिर खोज्न जाँदा उसलाई अचेत अवस्थामा फेला पारेपछि तत्कालै एम्बुलेन्स बोलाएर अस्पतालमा पुर्‍याएको हुँ, राति डाक्टरले अप्रेशन गर्नु भएको छ, अहिले पनि छोरी बोल्न सक्ने अवस्थामा छैन।’

पर्साको पोखरीया नगरपालिकाको सतवरीया टोलका युवकले बालिकालाई बलात्कार गरेका हुन् । प्रहरीले अहिलेसम्म पिडकको नाम ठेगाना भने खुलाएको छैन। पीडक युवक फरार रहेका छन् तर उनका बुवालाई भने प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले श्रोतले जनाएको छ।

पर्साका प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मीले भने पीडक युवक फरार रहे पनि उनको पहिचान खुलिसकेको बताए। घटनाको अनुसन्धानका लागि स्थानीय ६-७ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनले जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.