सरकारी विद्यालयका छात्रालाई साइकल
फागुन : रौतहटका दुई सरकारी विद्यालयमा कक्षा ८ देखी १० सम्म अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको छ । रौतहट –३ का सांसद प्रभु साहले गएको वर्षदेखी आफ्नो क्षेत्रका सरकारी विद्यालयमा पढ्ने छात्रालाई साइकल वितरण सुर गरेका छन् ।
बुधबार माध्यमिक विद्यालय लक्ष्मीपुरमा अध्ययरत दुईसय र माध्यमिक विद्यालय गरुडामा अध्ययनरत ५२ छात्रालाई साइकल वितरण गरिएको थियो । आफ्नो क्षेत्रमा साक्षरता प्रतिशत घटेकाले छात्रालाई पढ्ने वातावरण समेत सहज बनाउन साइकल वितरण गरिएको सांसद साहको भनाइ छ ।
मौलापुर, गुुजरा, कटहरिया, बौधीमाई, गरुडा, देवाही, गोनाही लगायतका नगरपालिकामा रहेका माध्यमिक विद्यालयमा अध्यनरत छात्रालाई निशुुल्क साइकल भइसकेको छ ।