आइसिसी विश्वकप छनोट खेल्ने १० उत्कृष्ट खेलाडीको सूचीमा सन्दीप लामिछाने

आइसिसी विश्वकप छनोट खेल्ने १० उत्कृष्ट खेलाडीको सूचीमा सन्दीप लामिछाने

काठमाडौं : आइसिसी विश्वकप छनोट खेल्ने १० उत्कृष्ट खेलाडीमा नेपालका सन्दीप लामिछाने परेका छन्। मार्च ४ देखि २४ तारिखसम्म जिम्बाबेमा हुने आइसिसी विश्वकप छनोट खेल्ने स्टार १० खेलाडीको सूची सार्वजनिक गर्दै आइसिसीले सन्दीपको नाम दोस्रो नम्बरमा राखेको छ। यो सूचीमा वेस्ट इन्डिजका र अफगानिस्तानका दुई–दुई खेलाडी परेका छन् भने नेपाल, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, जिम्बाबे र पपुवा न्युगिनीका एक–एक खेलाडी समेटिएका छन्।

आइसिसीले सार्वजनिक गरेको सूचीमा नेपालका लेग स्पिनर सन्दीप भन्दा अघि वेस्ट इन्डिजका रोभ्मान पावेलको नाम समेटिएको छ। अन्य आठ खेलाडीमा आयरल्याण्डका पाउल स्टलिङ, अफगानिस्तानका रसिद खान, स्कटल्याण्डका केल कोइटजर, वेस्ट इन्डिजकै इभिन लेविस, अफगानिस्तानका मुजिव उर रहमान, नेदरल्याण्डका रायन टेन डोजचाटे, जिम्बाबेका सिकन्दर राजा र पपुवा न्युगिनीका असद भाला रहेका छन्।

पहिलो पटक आईपिएलमा छनोटमा परेका सन्दीपले त्यसपछि लगातार विश्व क्रिकेटमा चर्चा पाइरहेका छन्। १७ वर्षीय सन्दीपलाई आईपीएलमा दिल्ली डेयर डेभिल्सले किनेपछि आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेर चर्चा पाइरहेका छन्। अक्सन लिस्टमा परेपछि उनको न्यूनतम् मूल्य २० लाख भारतीय रुपैयाँ तोकिएको थियो। बलियो टिम दिल्लीले उनलाई २० लाख भारुमा किनेको हो। विश्वकप छनोट खेल्ने स्टार खेलाडीको सूची मंगलबार आइसिसीले सार्वजनिक गरेको हो।

यसअघि सन्दीपलाई अल आउट क्रिकेटरले विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूचीमा राखेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.