नेमार बिना पीएसजीको सहज जित

नेमार बिना पीएसजीको सहज जित

पेरिस : टोलीका महत्वपूर्ण स्ट्राइकर नेमार बिना पेरिस सेन्ट जर्मन (पीएसजी) ले मार्सेलाई ३–० गोलले हराउँदै फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनल खेलमा पीएसजीले मार्सेलोविरुद्ध सनसनी मच्चाएको थियो। पीएसजीको जितमा एन्जल डी मारियाले दुई गोल गरे। मारियाले ४५औं र ४८औं मिनेटमा गोल गरेका थिए। अर्को गोल इडिन्सन काभानीले ८१औं मिनेटमा थपेका थिए। खेलभर पीएसजीको दबाब झेलेको मार्सेलोले कुनै पनि गोल गर्न लायक अवसर बनाउन सकेन।

नेमार यसअघि लिगअन्तर्गत मार्सेलोविरुद्धकै खेलमा घाइते भएका थिए। नेमारले शल्यक्रिया गर्ने भएकाले थप दुई महिना मैदानबाहिर रहनेछन्। नेमारको स्थानमा खेलाइएका मारियाले दुई गोल गर्दै उनको अभाव मेटेका थिए। जितसँगै पीएसजीले फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ। लिगको उपाधि दौडमा रहेको पीएसजीले शनिबार ट्रोयससँग प्रतिस्पर्धा गर्नेछ।

च्याम्पियन्स लिगमा भने पीएसजीले मंगलबार रियल म्याड्रिडको सामना गर्नेछ। यसैगरी फ्रेन्च कपअन्तर्गत अर्को खेलमा चाम्बलीले स्टार्सबर्गलाई १–० गोलले हरायो। चाम्बलीको कठिन जितमा लासाना डोउकोरेले ८३औं मिनेटमा गोल गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.