मेल गिब्सनका ५ सिनेमा
एपोक्यालिप्टो
एपोक्यालिप्टो सन् २००६ मा निर्देशन गरिएको फिल्म हो। गिब्सन र फर्हद सफिनियाले संयुक्त रूपमा यस फिल्मको स्क्रिप्ट लेखन गरेका हुन् जुन एक अमेरिकी साहसिक महाकाव्यमा आधारित छ। अमेरिकी मूलका र इन्डोजेनियस मेक्सिकन कलाकारको जबरजस्त अभिनय, माया भाषाको प्रयोग फिल्ममा पाइन्छ। एक माया अमेरिकन सिकारी र उनकी साथी आदिवासीको यात्रा फिल्ममा छ। एक आक्रमणकारी शक्तिद्वारा माया सभ्यतामा परेको खतरा दर्शाउन छायांकन र कलाकारको अभिनय सशक्त रूपमा प्रस्तुत गरिएको छ।
ब्रेबहर्ट
सन् १९९५ मा अमेरिकन महाकाव्यमा आधारित फिल्म हो यो। अभिनेता विलियम वालेसलाई तेह्रौं शताब्दीको स्कटिस योद्धाका रूपमा दर्शाइएको छ। इङ्ल्यान्डका राजा एडवर्ड आईको विरुद्धमा स्कटिस स्वतन्त्रताको पहिलो युद्धमा स्कटिसको नेतृत्व गरिन्छ। ब्लाइन्ड हैरीको महाकाव्य कविताबाट प्रभावित यस फिल्मले संसारभरको प्रदर्शनबाट दुई सय १० दशमलव चार मिलियनको कमाइ गर्न सफल भएको थियो। ब्रेबहर्ट ६८औं एकेडेमी अवार्डका लागि १० विधामा नामांकित गरिएको थियो। फिल्मले १० मध्ये पाँच विधा— सर्व श्रेष्ठ पिक्चर, सर्व श्रेष्ठ निर्देशक, सर्व श्रेष्ठ सिनेमैटोग्राफी, बेस्ट मेकअप र बेस्ट साउन्डमा हात पारेको थियो।
दी म्यान विथआउथ अ फेस
सन् १९९३ मा बनेको एक अमेरिकी नाटक-चलचित्र हो यो। मेल गिब्सनको निर्देशनमा बनेको यो पहिलो फिल्म हो। इसाबेल होल्यान्डको सन् १९७२ प्रकाशित उपन्यासमा आधारित छ यो फिल्म।
दी प्यासन अफ दी क्रिस्ट
दी प्यासनको नाममा पनि चिनिने यो फिल्म सन् २००४ को अमेरिकन ड्रामा बिब्लिकलमा आधारित छ। फिल्मको प्रारम्भिक चरणमा जिजस क्राइस्टको अन्तिम पलका बाह्र घन्टा समेटिन्छ। एक व्यक्ति जो केही पाउने चाहनामा पूरै दुनियाँसँग लडाइँ गर्न अघि सर्छ, कथा त्यसैको वरिपरि घुम्छ। उनको चाहना केवल मायालाई स्थापित गर्नु हुन्छ। ऊ जिसस क्राइस्ट हुन्छ।
हैक्सो रिज
सन् २०१६ मा बायोग्राफिकल वारसँग सम्बन्धित ड्रामा नै पछि फिल्म बन्यो। सन् २००४ मा एन्डरिउ नाइट र रोबर्ट स्हेन्कन लिखित डकुमेन्ट्री दी कनसाइन्योस अब्जेक्टरमा आधारित रहेर बनाइएको यो फिल्म दोस्रो विश्वयुद्धसँग सम्बन्धित छ। सानो छँदा डेस्मोन्ड डोसको हातबाट उसको भाइको हत्या भएपछि डोस सेनामा भर्ती हुन्छ र कुनै हतियार उठाउन सक्दैन। फिल्ममा जापानीसँग युद्ध हुँदा डोसका साथी स्पिथको मृत्यु हुन्छ भने ऊलगायत अन्य साथी घाइते हुन्छन्। अन्त्यमा उनीहरू युद्ध जित्न सफल हुन्छन्।