कपिलवस्तुमा होली उत्सव
तौलिहवा : बिहीबार उपत्यका र पहाडी क्षेत्रमा मनाइएको होली शुक्रबार तराईंमा उत्सवका साथ मनाइएको छ। कपिलवस्तुका विभिन्न ठाउँका स्थानीय बासिन्दाले होली पर्वलाई आपसी सद्भाव, भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै धुमधामका साथ मनाएका छन्।
रंगैरंगको पर्व होली जिल्लाका विभिन्न ठाउँमा बिहानैदेखि एक आपसमा शुभकामना साटासाट गदै मनाइएको हो। आफन्त, नातेदार, साथीभाइ मिलेर बिहानैदेखी शुभकामना साटासाट गदै नाचगानका साथ रंग लगाएर होली मनाएका हुन्।
जिल्लाका मुख्य बजार सदरमुकाम तौलिहवा, गोरुसिंगे, जितपुर, चन्द्रौटा, बहादुरगञ्ज, कृष्णनगर, पकडी, इमिलिया, बुड्ढीमा होलीको रौनक निकै बढेको देखिन्थ्यो। प्रहरीका अनुसार होली पर्व जिल्लामा शान्तपूर्वक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।