जनकपुरमा होली भोली

जनकपुरमा होली भोली

जनकपुरधाम : तराई र मधेसका अधिकांश स्थानमा शुक्रबार होली मनाइए पनि जनकपुरमा भने शनिबार होली मनाइने भएको छ। पहाडी क्षेत्रमा बिहीबार होली मनाइएको हो।जनकपुरमा अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलीपल्ट मात्रै होली मनाउने परम्परा रहि आएको छ।

शुक्रबार १५ दिवसीय मिथिला मध्यमा परिक्रमासँगै लाखौं श्रद्धालुको सहभागितामा जनकपुर नगरक्षेत्रभित्र १५ किलोमिटरको अन्तरगृह परिक्रमा सम्पन्न भएको हो।

अन्तरगृह परित्रमा र मिथिला परिक्रमामा सहभागी हुन आएका हजारौं यात्रीहरु शुक्रबार नै घर फर्किएपछि जनकपुरवासीले औपचारीक होलीको सुरुवात गर्ने गर्छन्।


होली र परिक्रमाको अवसरमा क्रममा कुनैपनि प्रकारको अपराधीक गतिवीधि हुन नदिन स्थानीय प्रशासनले सुरक्षा व्यवस्थालाई कडा पारेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए।

होलीको नाउँमा जबरजस्ती रंग दल्ने, अश्लिल गीतहरु बजाउने, महिलासँग अभद्र व्यवहार गर्नेहरु पाइए भने कडा कारवाही हुन सक्ने भन्दै प्रहरीले नगरक्षेत्रमा दुई दिनदेखि माइकिंग गराउँदै आएको धितालले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.