तराईमा होलीको उल्लास

तराईमा होलीको उल्लास

बर्दिया : शुक्रबार तराईं क्षेत्रमा उल्लासका साथ होली मनाइएको छ। पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली तराईमा भोलिपल्ट मनाइन्छ। होली पर्व बर्दियामा पनि धुमधामका साथ मनाइएको छ।

बर्दियाको गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बार्‍हबर्दिया, बाँसगढी नगरपालि, गेरुवा र वढैयाताल गाउँपालिकाका मुख्य बजारलगायत टोलटोलमा परम्परागत शैलीमा होली मनाइएको हो। होलीका अवसरमा मान्यजनबाट टीका अबिर ग्रहण गरेपछि साथीभाइ, इष्टमित्रबीच रंग घसेर होली खेलिएको हो।

होलीका अवसरमा गुलरियास्थित राधाकृष्ण चोकमा धुमधामले होली मनाइएको गुलरिया नगरपालिका ५ निवासी अर्जुन सुवेदीले बताए। सत्ययुगमा हिरण्यकशिपुले आफ्ना पुत्र प्रल्हादलाई मार्नका निमित्त अग्नीबाट नजल्ने वरदान पाएकी बहिनी होलीकाको काखमा बसालेर अग्नीकुण्डमा राखिएको हिन्दु धार्मिक ग्रन्थहमा उल्लेख छ।

दैवी शक्तिका कारण अग्नीले ईश्वरभक्त प्रल्हादलाई रक्षा गर्दै बहिनी होलिकालाई जलाएको वर्णन छ। गुलरिया निवासी मधेसी बुद्धिजीवी साधुराम वैश्य भन्छन्, ‘फागुन शुक्ल पूर्णिमाको रात्रिमा होलीका जलेर भष्म भएको किंवदन्ती छ’, उनले भने, ‘भोलिपल्ट चैत्रशुक्ल प्रतिपदाका दिन प्रल्हादभक्त अग्नीकुण्डमा हेर्न जाँदा होलीका जलेको र प्रल्हाद खेल्दै गरेको देखेपछि खरानी उडाउँदै खुशी हुँदै फर्केका थिए, त्यही खुशीमा होली खेलिन्छ।’

उनका अनुसार सुरुमा खरानी उडाएर उत्सव मनाइएको भए पनि अहिले आधुनिकतासँगै रंग दलेर होली खेल्ने चलन सुरु भएको छ। असुर प्रवृत्तिको अन्त्य र सत्यको विजय भएको अवसरमा होलीपर्व मनाउने गरिन्छ। वैश्यका अनुसार पहाडी क्षेत्रमा होलीका नजल्दै होली मनाइए पनि तराईमा होलीका दहन भएपछि मात्र होली खेलिन्छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.