ट्रकमा गाँजा तस्करी
काठमाडौं : भारतीय ट्रकमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौंदेखि पिछा गरेर बिहीबार राति २८ किलो सात सय ग्राम गाँजाको धुलोसहित धादिङ गल्छीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका माहम्मद रवीश, मोहम्मद इस्लाम र अरशद छन् । उनीहरुले यूपी १९ टी ४८४८ नम्बरको ट्रकको सिटमुनी गाँजाको धुलो लुकाई भारततर्फ लैजान खोजेका थिए ।
ब्यूरोका प्रमुख डीआईजी ठूले राईका अनुसार उक्त ट्रक लामो समयदेखि गाँजा तस्करीमा प्रयोग भएको सूचना पाएपछि पिछा गरेर नियन्त्रणमा लिइएको हो ।