२२ करोडको लागतमा ब्लड बैकको भवन बन्दै
काठमार्डौ : भूकम्पले भत्काएको नेपाल रेडक्रम सोसाइटी रक्त संचार सेवा (ब्लड बैक) केन्द्रीय कार्यालयको भवन २२ करोडको लागतमा निर्माण आरम्भ भएको छ। नेपालका लागि थाइल्याण्डका राजदूत भाकावत तान्सकुल, काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार सयुक्तरुपमा भृकुटी भण्डपमा उक्त भवनको शिल्यान्यास गरेका छन् ।
थाई रेडक्रसको सहयोगमा भवन निर्माण हुन लागेको हो। भवन २०७२ साल वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त भएको थियो। भूकम्पले भवन पूर्ण रुपमा ध्वस्त बनाएपछि बालकुमारीस्थित अस्थायी भवनमा ब्लड बैँक सञ्चालन भइरहेको छ। भुईँ तलासहित ५ तले भवन डेढ वर्षमा निर्माण पूरा गर्ने लक्ष्यका साथ लामा कन्स्ट्रक्सन कम्पनीले निर्माणको ठेक्का लिएको छ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले अन्र्तराष्ट्रिय मापदण्डको भवन निर्माण हुने बताए। उनले थाई रेडक्रसले ब्लड बैकको भवन निर्माण र उपकरण खरिदको लागि गरी कुल ४५ करोड रकम दिने सम्झौता भएको जानकारी दिए। अध्यक्ष थापाले कुनै प्राविधिक कारणबाट निर्माण ढिलाई नगर्ने प्रतिबद्धता समेत जनाए। उनले स्वास्थ्य र सुरक्षित रगत उपलब्ध गराउन ब्लड बैक सँधै लागि गर्ने बताए।
लामा कन्स्ट्रक्सनका निर्देशक एवं संघीय सभाका सदस्य जीपछिरिङ लामाले २०१७ जुन ७ मा भएको सम्झौता अनुसार भवनको जग निर्माण कार्य भइरहेको बताए। उनले ६ महिना भित्र जगको निर्माण पूरा गर्ने गरी काम भइरहेको जानकारी दिए। उनले सहरी क्षेत्रमा काम गर्न निर्माण कम्पनीलाई समेत समस्या रहेको बताए। उनले भने, ‘सहरमा काम गर्न साह्रै गहे छ, निर्माण समाग्री ढुवानी समस्या छ। उनले निर्माण कम्पनी, परामर्शदाता, रेडक्रसको राम्रो समन्वय भएमा तोकिएको समय निर्माण सकिने बताए।
काठमाडौंमा मेयर शाक्यले ब्लड बैकको भवन सम्झौता अवधिभरमा निर्माण पूरा होस भन्ने कामना गरेका छन्। उनले ब्लड बैँक जस्ता सार्वजनिक संस्थालाई नक्सापास दस्तुर छुट दिएको जानकारी दिए। राजदूत भाकावतले थाइल्याण्ड नेपालको विकासमा सहयोग गर्न सँधै तयार रहेका बताउँदै तोकिएको समयसम्म निर्माण कार्यसक्न समेत आग्रह गरे।