पाँच वर्षीया पनि असुरिक्षत, बलात्कार अभियोगमा २१ वर्षीय पक्राउ
बर्दियाः बर्दियाको वढैयाताल गाउँपालिका वडा नम्बर–६ स्थित रिहार सामुदायिक वन भित्र ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखरले ५ वर्षीया बालिका बलात्कारको अभियोगमा २१ वर्षीय स्थानीय सुरेज थारु थारुलाई पक्राउ गरेको हो । ‘आफन्तको उजुरीको आधारमा हामीले थारुलाई पक्राउ गरेका हौं’, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्काले भने ।
थारुले रक्सीबाट मातेको अवस्थामा बलात्कार गरेको प्रहरी समक्ष स्वीकारेको खड्काले बताए । विहीवार वेलुकी ६ बजे भएको घटनाका आरोपित थारुलाई शुक्रवार मात्र प्रहरीले पक्राउ गर्न सफल भएको हो । थारुलाई हिरासतमा लिई थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए । उनका अनुसार स्वास्थ्य परीक्षण रिर्पोट आउन बाँकी रहेको छ ।