सत्ता बाँडफाँट टुंगो आइतबार

सत्ता बाँडफाँट टुंगो आइतबार

 काठमाडौं : एमाले अध्यक्ष केपी ओली र संघीय फोरम अध्यक्ष उपेन्द्र यादवबीच मंसिर अन्तिम साताबाट सुरु भएको सत्ता बाँडफाँटको छलफलले आइतबारसम्म निकास पाउने भएको छ । प्रधानमन्त्री ओली दुई पार्टीबीच बाँडफाँटको टुंगो लागेपछि आइतबारै सरकारलाई पूर्णता दिने तयारीमा छन् ।

फोरमले मन्त्रिपरिषद्मा दोस्रो वरीयतासहित तीन मन्त्री र एक राज्यमन्त्री अथवा दुई मन्त्री, एक राज्यमन्त्री र उपसभामुख मागेपछि वार्ता लम्बिएको हो । यादवले मन्त्रिपरिषद्मा आफ्नो मर्यादाक्रमबारे विगतकै बैठकमा दाबी राख्दै आए पनि प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्पष्ट जवाफ नदिएको फोरम नेताहरूले बताएका छन् । ‘म दुई-दुईपटक उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भइसकेकाले प्रधानमन्त्रीपछिको मर्यादाक्रम हुनुपर्छ’, मर्यादाक्रममा आफू अगाडि हुनुपर्ने कारण राख्दै यादवले भनेका छन् ।

एमाले सचिव प्रदीप ज्ञवालीले १५, १६ र १७ गते तीन दिन फोरमसँग तीव्र रूपमा परामर्श भएको र शनिबारसमेत हुने भएकाले आइतबारसम्म सरकारले पूर्णता पाउन सक्ने बताए । उनले भने, ‘संविधान संशोधनमा एमाले ओपन छ ।’ फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विकास-निर्माण र जनतासँग सरोकार राख्ने मन्त्रालयबारे कार्यदलस्तरमा छलफल भएको जानकारी दिए । ‘कुन मन्त्रालय भन्ने निश्चित भइसकेको छैन’, उनले भने, ‘पहिचानका मुद्दा मिलाउनुपर्छ । त्यसलाई व्यवस्थापन गर्न अलिकति समय त लागिहाल्छ । फेरि कसैले कसैमाथि धोका दिने काम गर्नु हुँदैन भन्नेमा ठोस प्रतिबद्धता खोजिएको छ ।’

फोरम र राजपाले १३ महिने मधेस आन्दोलन र सातमहिने नाकाबन्दीका समयमा पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान भन्ने मूल मुद्दा उठाएका थिए । तर, अहिले जनमत आफ्नो पक्षमा नआएको र एमालेको विगतको व्यवहारका कारण संविधान संशोधन हुनेमा शंका उब्जिएको फोरम महासचिव रामसहाय यादव बताउँछन् ।

फोरमले मन्त्रिपरिषद्मा दोस्रो वरीयतासहित तीन मन्त्री र एक राज्यमन्त्री अथवा दुई मन्त्री, एक राज्यमन्त्री र उपसभामुख मागेपछि वार्ता लम्बिएको हो ।

‘अहिले जनमत हाम्रो पक्षमा नभएकाले सात प्रदेशको साटो आठ बनाउन सक्दैनौं, प्रदेशको सीमांकन हेरफेर पनि गर्न सक्ने कुरा हुँदैन’, उनले भने । संविधान संशोधनमा कार्यतालिकासहितको लिखित प्रतिबद्धता आए फोरम सरकारमा सहभागी हुने उनले बताए । ‘संशोधनका लागि कार्यदल गठन गर्नुपर्‍यो र कार्यदलको निर्णयअनुसार संशोधन गर्नुपर्‍यो’, उनले भने ।

फोरमबाट अध्यक्ष यादवको नेतृत्वमा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेता इस्तियाक राई र रेणु यादव मन्त्रीका मुख्य दाबेदार रहेको स्रोत बताउँछ ।

राजपा महासचिव मनीषकुमार सुमनले भने सत्ता साझेदारीका लागि सरकारले वार्ता नगरेको बताए । राजपाको मुख्य मुद्दा संविधान संशोधन नै भएको जानकारी दिँदै उनले फोरमले सरकारमा जान गरेको हतारोले मधेस मुद्दा ओझेलमा पर्न नहुने धारणा व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.