सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न : गगन थापा

सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न : गगन थापा

चितवन : नेपाली कांग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताएका छन्।

शनिबार चितवनामा भएको पत्रकार भेटघाटमा थापाले पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको बताए। दुई तिहाई बहुमत पुर्‍याउन लागेको कम्युनिस्ट सरकारसँग संसद्‍मा भिड्नुपर्ने भएकाले एकै व्यक्तिले दुई मोर्चामा रहेर काम गर्न नसक्ने उनले बताए।

फरक प्रसंगमा उनले विपक्षी दलको भूमिका अहिले गुण र दोषका आधारमा सरकारलाई सहयोग र विरोध मात्रै नभएर संविधानको मर्मअनुसार सरकार चल्यो कि चलेन भनेर त्यसको रखवाली गर्ने काम पनि भएको स्पष्ट पारे।

नेपाल तरुण दल भारत महाराष्ट्रका सचिव पूर्णकान्त पौडेलले नेता थापालाई प्रवासी नेपालीका समस्याका बारेमा अवगत गराएका थिए। पौडेलले थापासँग भेट गरी नेपालबाट भारतमा रोजगारी, अध्ययन, व्यवसाय गरी बसेका नेपालीका अनगिन्ती समस्या भएको र त्यसको सरकारले सम्बोधन गर्न नसकेको जानकारी गराएका हुन्।

भारतमा रहेका नेपाली सीमामा आवतजावत् गर्दा असुरक्षित हुने, भारतबाट नेपालमा सञ्चार सम्बन्ध गर्दा महँगो शुल्क तिर्नुपर्ने, नेपाली महिला यौन हिंसामापर्ने, श्रम शोषण हुने, परिचयपत्रको मान्यतामा विभेद्, के कति नेपाली भारतमा छन्, तथ्यांक नभएको, मृत्युपछि शव नेपालमा पठाउन कठिन हुने जस्ता समस्या नेपालीले भारतमा भोग्दै आएका छन्। 

भारतमा रहेका नेपालीको समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने नेता थापाले आश्वासन थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.