वामपन्थीको किल्लामा भाजपाको हमला

वामपन्थीको किल्लामा भाजपाको हमला

नयाँदिल्ली: त्रिपुरा विधानसभा चुनावको प्रारम्भिक नतिजाले केन्द्रको सत्तारुढ दल भारतीय जनता पार्टी भारी बहुमततर्फ अग्रसर भएको छ । २५ वर्षदेखि वामपन्थीको सरकार रहेको त्रिपुरामा भाजपाले हमला गर्दै सरकार बनाउने स्पष्ट सं‌केत दिएको हो ।

अर्कातिर मेघालयमा सुरुवात रुझानले कांग्रेसलाई अग्रता मिलेको छ। यो राज्यमा अहिले पनि कांग्रेसकै सरकार छ । नागाल्यान्डमा भाजपा गठबन्धन र नगा पिपुल्स फ्रन्टबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पूर्वोत्तरका तीन राज्य त्रिपुरा, मेघालय र नगाल्यान्डमा भएको विधानसभा चुनावको मतगणना जारी रहँदा भाजपाले प्रभाव छाडेको देखिएको हो ।

त्रिपुराको ६० सदस्यीय विधानसभाका लागि भएको चुनावमा २९२ उम्मेदवार छन् । जसमा २३ महिला पनि सामेल छन् । त्रिपुराको ५९ सिटमा मतदान भएको हो ।

राज्यको ६० सदस्यीय विधानसभा सिटमध्ये ५९ मा मतगणना भइरहेको छ। चारीलाम सिटमा मार्क्‍सवादी कम्युनिस्ट पार्टी (माकपा) का उम्मेदवार रामेन्द्र नारायण देबर्माको निधन भएपछिय १२ मार्च मतदान हुँदैछ ।

त्रिपुरामा सन् १९९३ देखि मार्क्‍सवादी कम्युनिस्ट पार्टी (माकपा) को नेतृत्वमा वाम मोर्चाको सरकार रहँदै आएको छ । अघिल्ला २० सालमा राज्यको बागडोर मुख्यमन्त्री माणिक सरकारको हातमा छ । तर यस पटक सुरुवाती रुझानले भाजपाले माकपालाई कडा टक्कर दिएको छ । यहाँ बीजेपीले क्षेत्रीय दल इन्डिजिनस पिपुल्स फ्रन्ट अफ त्रिपुरा (आईपीएफटी) सँग गठबन्धन गरेर चुनाव लडेको हो ।

सन् २०१३ को विधानसभा चुनावमा भाजपाले त्रिपुरामा ५० उम्मेदवार उठाएको थियो । जसमा ४९ जनाको जनमात नै खोसियो । त्यो बेला बिजेपीलाई केबल १.८७ प्रतिशत मात्रै भोट मिलेको थियो । त्यो बेला बिजेपीले एक सिट पनि जितेको थिएन । अर्कातिर माकपाले भने त्यो बेला ४९ सिट जितेको थियो भने कांग्रेसले १० सिटमा बाजी मारेको थियो ।

त्यसैगरी अर्को राज्य नगाल्यान्डमा ५९ सिटका लागि भएको चुनावमा १९३ जना उम्मेदवार मैदानमा थिए ।

नगाल्यान्डमा बीजेपी यस पटक नवगठित नेशनलिस्ट डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (एनडीपीपी) सँग मिलेर चुनावमा उत्रेको थियो । बीजेपीले २० सिटमा उम्मेदवारी दिँदा एनडीपीपीले ४० सिटमा उम्मेदवारी दिएको छ।

विलियमनगर सिटमा राष्ट्रवादी कांग्रेस पार्टी (राकांपा) के उम्मीदवार जोनाथन संगमाको १८ फेब्रुअरीमा पूर्वी गारो हिल्स जिल्लाम विस्फोटनमा परी ज्यान गएपछि यस सिटको मतदान रद्द गरिएको छ ।

कांग्रेसले यो राज्यमा एक दशकदेखि शासन गर्दै आएको छ । पार्टीले यस पटक पनि सबै सिटमा उम्मेदवारी दिएको छ।

कांग्रेसले सन् २०१३ को चुनावमा २९ सिट जितेको थियो । राज्यका मुख्यमन्त्री मुकुल संगमा यस पटक दुई विधानसभा अमपाती र सोङ्गसकबाट चुनावी मैदानमा छन् ।

मेघालय विधानसभाको ५९ सिटका लागि ३७२ उम्मेदवार मैदानमा छन् । मेघालयमा यस पटक ८४ प्रतिशत मतदा भएको छ ।सत्तारूढ कांग्रेसका अलावा बीजेपी, नेशनल पीपुल्स पार्टी (एनपीपी) र नवगठित पीपुल्स डेमोक्रेटिक फ्रन्ट प्रतिस्पर्धामा छन् ।

सन् २०१३ मा भएको चुनावमा भाजपाले यस राज्यमा १३ उम्मेदवार उठाएको थियो । तर कसैले जितेनन् । अर्कातिर एनपीपीले भनते ३२ मा २ सिट मात्र जितेको थियो ।

यी तीनै राज्यमा बिहानै ८ बजेदेखि मतगणना थालिएको छ । त्रिपुरामा १८ फेब्रुअरीमा भोट भएको थियो । मेघालय र नगाल्यान्डमा २७८ फेब्रुअरीमा मतदान भएको थियो ।

तीनै राज्यमा जम्मा ८५७ उम्मेदवारको फैसला हुन लागेको हो । यी राज्यमा सबैभन्दा ध्यान त्रिपुरामा अडिएको छ । जहाँ २५ वर्षदेखि वाम दलको शासन रहेको छ। केरलका अलावा वामको सरकार केबल यही राज्यमा मात्रै छ । यदि त्रिपुरामा वामपन्थीको हार भएमा यहाँ एउटा युग नै अन्त्य हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.