सलमान खान वैशाख पहिलो साता नेपाल आउने

सलमान खान वैशाख पहिलो साता नेपाल आउने

काठमाडौँ: बलिउड अभिनेता सलमान खान २०७५ वैशाख पहिलो साता काठमाडौँ आउने भएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै स्थगित भएको बलिउड सुपरस्टार खानको नेपाल कन्सर्ट वैशाख पहिलो साता हुने भएको हो ।

आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङका अनुसार सलमानलाई वैशाख पहिलो साता काठमाडौँ ल्याउने कुरामा सहमति भइसकेको जानकारी दिए । फागुन २६ गते हुन लागेको 'दबं‌ग द टूर नेपाल' विशेष कारणले स्थगित भएको जनाउँदै गुरुङले अब वैशाखमा सलमान काठमाडौँ आउने बताए ।

'करिब १५ करोड रुपैयाँ बजेट लाग्ने यो कार्यक्रममा करिब १० करोड रुपैयाँ खर्च भइसकेको छ', गुरुङले भने, 'वैशाखमा हुने कार्यक्रमको मिति टुंगिएपछि आधिकारिक जानकारी गराउँछौँ ।'

अहिले टिकट लिइसकेका दर्शकले त्यही टिकटबाट कार्यक्रम हेर्न सक्ने उनले बताए । आयोजक संस्था ओडिसीले वैशाखको कार्यक्रमका लागि टिकट विक्री जारी राख्ने जनाएको छ।

नेपालमा फागुन २६ गते हुने कार्यक्रम तय भइसकेको जनाउँदै सलमानका भाइ तथा आयोजक समेत रहेका सोहेल खानले काठमाडौंमा पत्रकार सम्मेलन पनि गरेका थिए ।

यो कन्सर्टमा सलमानसहित नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर र मनीष पावल सहभागी हुने कार्यक्रम छ ।

सलमानले 'द ब्याङ्ग टुर' मा आउन ओडिसीबाट ५ करोड रुपैयाँ लिइसकेका छन् । आयोजक ओडिसीले ५ हजारभन्दा धेरै बढी टिकट बेचिसकेको पनि जानकारी दिएको छ ।

सलमान सहभागी हुने कार्यक्रम गरेमा बिथोल्ने धम्की दिँदै नेकपाले आयोजकलाई तर्साएको थियो । बलिउडका चर्चित कलकारहरु आउने कार्यक्रममा सुरक्षा चिन्ता बढेको सुरक्षा अधिकारीहरुले बताएपछि सलमानले नै अहिले नेपाल आउन नसक्ने जानकारी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.