एमाले-माओवादी सांसदलाई निर्देशन: हाई नगर्नू, हाजिर गरेर टाप नकस्नू

एमाले-माओवादी सांसदलाई निर्देशन: हाई नगर्नू, हाजिर गरेर टाप नकस्नू

काठमाडौं: प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनाबाट निर्वाचित प्रतितिधि सभा तथा राष्ट्रिय सभाका सांसदलाई जनतालाई निराश हुन नदिई काम गर्न निर्देशन दिएका छन् ।

उनले वाम गठबन्धनप्रति ठूलो भरोसा रहेको बताउँदै जनताको विश्वास मर्न नदिई उच्च मनोबलका साथ काम गर्न पनि निर्देशन दिए ।

पढ्नुस्: संसद्‍ भवनमा कोमल वलीको मुस्कान

 

शनिबार बानेश्वारस्थित सं‌घीय संसद भवनमा भएको प्रशिक्षण कार्यक्रममा उनले सुशसान र पारदर्शितामा कुनै कसरत हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे । उनले जनतालाई फेरि फुटाउने र विभाजित गर्ने काममा नलाग्न पनि आग्रह गरे ।

हेर्नुस् यस्ता छन् केपी ओलीका निर्देशन

१. सरुवा बढुवाको फाइल बोक्ने काम आजैबाट बन्द गर्नुस्, बोके विकासका फाइल बोक्नुस्, अरु फाइल बोकेर के काम ?
२. नखाने चिज नखानोस्, नजाने ठाउँ नजानोस्, नगर्ने चिज नगर्नेहोस्, जनताले मन नपराउने आचारण गर्दै नगर्नुहोस् ?
३. हाजिर गरेर टाप गर्ने काम नगर्नुस् ।
४. मै हुँ सबै पार्टी, संसदीय दल, जनता केही होइन भन्नेतिर नलाग्नुस् ।
५. टिम स्पीरिटमा काम गर्नोस् ।
६. दाग लाग्ने कुनै पनि काम गर्नुहोस्
७. सम्मानित हुने काम मात्र गर्नुहोस्
८. जनताले प्रश्न उठाउने काम नगर्नु होस्

सुवास नेम्वाङका निर्देशन

पूर्वसभामुख एवम् एमाले नेता सुवास नेम्वाङले संसदमा प्रभावकारी भुमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिएका छन् । उनले मर्यादित तरिकाले संसदमा पेश हुन आग्रह गरेका छन् । उनले संसदको अन्तरिम कार्यविधि राम्रो अध्ययन गर्न आग्रह गरे । उनले संसदमा बोल्दा सम्बन्धित विषयमा मात्रै बोल्ने, जुन ठाउँमा बस्नुपर्ने त्यहाँ बस्न भन्दै यसरी निर्देशन दिए ।

१. मोबाइल फोन नचलाउनुस् ।
२. हाई नगर्नुस् ।
३. कुर्सी खाली नराख्नोस्, संसद बैठकमा पुरा समय बस्नु होस् ।
४. ताली नबजाउनुस्, समर्थनमा गर्नु परेमा टेबल ठटाउनुस् ।
५. सभामुखले तोकेको निर्धारित स्थानमा मात्र बस्नुस् ।
६. बोल्ने क्रममा सभामुखको नाम मात्र सम्बोधन गर्नुस् ।
७. नियम कानुनमा अभ्यस्त र सतर्क हुनुहोस् ।

पढ्नुस्: नवराज सिलवाल संसद्‍ भवनमा (फोटो फिचर)

पढ्नुस्: सर्वोच्चको आदेशमा प्रधानमन्त्रीको टिप्पणीः तीनजनाको मनोनयन कसैले रोक्न सक्दैन

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.