विश्व वन्यजन्तु दिवसमा संरक्षण कला प्रदर्शनी
पोखरा : विश्व वन्यजन्तु दिवसको अवसरमा पोखरामा शनिबार वन्य जन्तु संरक्षण कला प्रदर्शनी गरिएको छ । वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले पोखराको लेकसाइडमा वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीले सडक नाटक प्रर्दशनी गरेका हुन् ।
बढ्दो वन्यजन्तु व्यापार रोक्न, संकटमा परेका ठुला बिराला, बाघ, हिउँ चितुवा, चितुवा लगायत वन्यजन्तु संरक्षण गरि पर्यवरणीय सन्तुलन कायम गर्न कलात्मक रुपमा सडक नाटक प्रर्दशनी गरिएको छ ।
विश्वमा पाइने आठ ठूला बिराला प्रजातिमध्ये नेपालमा (चितुवा, ध्वासे चितुवा, हिउँ चितुवा, र बाघ) पाइन्छन् । बिराला प्रजातिका अन्य चार प्रजाति सिंह, चिता, जाँगर र पुमा भने नेपालमा पाइदैनन् । जैविक विविधना संरक्षणमा ठूला बिराला प्रजातिको स्थितिलाई स्वास्थ्य पारिस्थितिकीय प्रणालीका सूचांक मानिन्छ ।
पछिल्लो समयमा मानिसले जानेर होस वा नजानेर चोरी सिकार र अवैध व्यापार गर्दा ठुला बिराला प्रजाति संकटमा पर्दै गएका छन् । यस बर्षको विश्व नारा ठुला बिराला (बाघ, हिमचितुवा, चितुवा) संकटमा छन संरक्षण गरौं भन्ने नाराका साथ वन्यजन्तु दिवस विश्व भर मनाइएको छ ।
वन्यजन्तु दिवसको साथै चोरी शिकार नियन्त्रण राष्ट्रिय युवा जागरण दिवस पनि देश भरि बिभिन्न कार्यक्रम गरि नेपालमा मनाइएको छ । पोखराको वन विज्ञान अध्ययन संस्थानका हरित संस्थाहरुको आयोजनामा बिद्यार्थीहरुले तीन दिन सम्म वन्यजन्तु संरक्षणमा केन्दित रहेर विश्व वन्यजन्तु दिवस मनाएका हुन् ।
एएसिडी, युुएनसी, क्लाइमेटस नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा शनिवार ठुला बिरालाको संरक्षण सम्वन्धी नारा लेखिएका प्लेकार्ड सहित ¥याली समेत आयोजना गरिएको थियो । तीन दिन सम्म मनाइने विश्व वन्यजन्तु दिवस पोखरामा संरक्षण संग सम्वन्धि निवन्ध प्रतियोगिता र ठुला बिरालाको संरक्षण सम्वन्धमा अन्तरक्रिया र पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने कार्यक्रमका संयोजक नरेश खनालले बताए ।