होलीको खुशीमा मदिरा पिएर बाइक चलाउँदा दुर्घटना : चालकको मृत्यु

होलीको खुशीमा मदिरा पिएर बाइक चलाउँदा दुर्घटना : चालकको मृत्यु

जनकपुरधाम : होलीको उत्सवमा अत्याधिक मदिरा पिएर मोटरसाइकल चलाउँदा दुर्घटनामा परी जनकपुरमा एकजनाको मृत्यु भएको छ । मदिरा पिएर तिव्र गतिमा मोटरसाइकल चलाउने क्रममा विपरित दिसातर्फबाट आउँदै गरेको गाडीमा ठोक्किएर पूर्व पश्चिम राजमार्ग अन्तर्गत जनकपुरको मुजेलियामा युवकको घटनास्थलमै मृत्यु भएको हो ।

उनीसँगै रहेका अर्का एक युवक गम्भीर घाइते छन् । मृतकको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार अन्दाजी २० वर्षीय युवकको मृत्यु भएको हो । घाइते युवक पनि सोही उमेर समूहको भएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रविण धितालले जानकारी दिए । घाइतेको अञ्चल अस्पतालमा उपचार हुँदै छ ।

अन्य जिल्लामा शुक्रबार होली मनाइए पनि जनकपुरमा शनिबार होली मनाइएको हो । मिथिला मध्यमा परिक्रमा शुक्रबार सम्पन्न भएको हुनाले जनकपुरमा शनिबार होली मनाइएको हो । होली मनाउने नाममा युवाले अत्याधिक मदिरा सेवन गरेर तिव्र गतिमा सवारी साधन चलाउने गरेका छन् । प्रहरीले निगरानी गरेपनि युवाहरुको समूहले अटेरी गर्दै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.