प्रचण्ड भन्छन्: ठूलो क्रमभंगतापछि एकै थालमा खान थाल्यौँ

प्रचण्ड भन्छन्: ठूलो क्रमभंगतापछि एकै थालमा खान थाल्यौँ

काठमाडौः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले इतिहासको कालखण्डमा कहिले माओवादी त कहिले एमाले उग्रपन्थी र दक्षिणपन्थी भएको बताएका छन् ।

‘२०२८ सालमा तत्कालिन मालेलाई उग्रपन्थीको आरोप लाग्थ्यो, भने हामीलाई दक्षिणपन्थीको, जब मदन भण्डारीले जनताको बहुदलीय जनवादको कार्यदिशा ल्याउनुभयो, एमाले बहुदलीय प्रतिस्पर्धामा लाग्यो', संसद सचिवालयमा एमाले र माओवादीका सांसदलाई प्रशिक्षण दिदै अध्यक्ष दाहालले भने, 'हामी फेरि जनयुद्धमा लाग्यौं, कहिले हामी र कहिले एमालेले उग्रपन्थ र दक्षिणपन्थको आरोप खेप्नु परेको छ ।'

उनले एमाले र माओवादीका नेताबीचमा लामो समयदेखि नै पार्टी एकताको अभ्यास भएको पनि दाबी गरे । दहालले एमाले र माओवादीको सम्झौतापछि नै १२ बुँदे सहमति भएको खुलासा गरे ।

‘एमाले र माओवादी बीच दुईपटक सम्झौता भयो, त्यसपछि मात्रै १२ बुँदे सहमति भएको हो’, अध्यक्ष दाहालले भने । उनले लामो समयदेखि एकताका प्रयास नेतृत्व तहमा भए पनि तलसम्म पुर्‍याउन भने नसकिएको बताए ।

दाहालले वैचारिक कुरामा अड्किएको भए अझै दशकौँ एकता हुनसक्ने अवस्था नरहेको बताए । उनले ठूला-ठूला विश्वविद्यालयले गर्न नसकेको काम आफूहरुले डेढ महिनामै गरेर विश्व समुदायलाई चकित बनाइदिएको बताए ।

'वैचारिकमा अड्किएको भए अहिल्यै एकता हुन्न थियो, हामीले बुझ्यौँ कि अहिले वैचारिक कुरा लाग्ने बेला होइन', उनले भने, ‘ठूला ठूला विश्वविद्यालयले गर्न नसकेको काम डेढ महिनामै गर्‍यौं, यो त सामान्य कुरा होइन ।’

माओवादी अध्यक्ष दाहालले वाम गठबन्धनले छोटो समयमा नै एमाले र माओवादीका नेता कार्यकर्ताबीच प्रगाढ सम्बन्ध बनेको बताए । उनले भने, 'एकले अर्कालाई हेर्न नचाहने र सँगै बस्न नचाहने अवस्था थियो, तर अहिले एउटै थालमा खान थालेका छौँ ।’

उनले देश धनी नभएसम्म समाजवाद आउन नसक्ने पनि दाबी गरे । अध्यक्ष दाहालले समाजवादको गन्तव्यमा पुग्न धेरै चुनौती रहेका पनि स्मरण गराए । ‘राष्ट्रिय पुँजी संकलन गरी देशलाई धनी बनाउन सकिएन भने समाजवादको कुरा हवाई कल्पना मात्रै हुन्छ,’ उनले भने ।

दाहालले तत्काल सुशासन र समृद्धि वाम सरकारको लक्ष्य भएको बताए । उनले समाजवादको लक्ष्यमा पुग्न आर्थिक समृद्धि र विकासलाई उचाईमा पुरु्‍याउन सक्नु पर्ने बताए । उनले सामाजिक न्याय, समावेशिता र समानुपातिक विकासको परिकल्पनाले समाजवादको गन्तव्यमा पुग्न सकिने बताए ।

दाहालले वाम एकताले विश्वमा नै आंतक-तरङ्गको छाल पैदा भएको बताए । 'हाम्रो एकता होला भनेर कसैले सोचेका थिएनन्, हामीले ऐतिहासिक पहलकदमीमा पार्टी एकता गर्दैछौँ'', दाहालले भने, 'यसले विश्व समुदायमा आंतक, तरङ्ग र छाल पैदा भएको छ ।’

उनले वाम एकताले ७० वर्षको जनताको सुशासन र स्थायित्वको सपना पुरा हुने बताए । अध्यक्ष दाहालले अब मुलक नयाँ युगमा पनि प्रवेश गर्ने बताए । उनले एमाले-माओवादी देशको विकास र समृद्धिका लागि साझा संकल्प र प्रतिवद्धताका साथ अघि बढेको बताए ।

दाहालले समृद्धि र विकासका लागि सांसदहरुले नयाँ ढंगबाट अगाडि बढ्नु पर्ने बताए । ‘अब हामी बद्लिन सक्नु पर्छ ,सुशासन, स्थायित्व र विकास र समृद्धिका लागि सबै लाग्नु पर्छ', दाहालले भने । उनले अब राजा-महाराजाको जमाना गएको बताउँदै श्रमजीवी जनताको राजको नयाँ युगमा प्रवेश गरेको बताए ।

एमाले-माओवादी एकता केही दिन भित्रै हुने दाबी समेत दाहालले गरे । ‘केही दिनमै पार्टी एक हुन्छ, संसदीय दल एक हुन्छ’, उनले भने । एमाले र माओवादी एकता निरन्तरताको क्रमभंगता भएको उनले बताए । एमाले र माओवादीको संसदीय दल बैठक संयुक्त हुनु पनि क्रमभंगता भएको दाहालको जिकिर थियो । ‘यो ठूलो क्रमभंगता हो’, दाहालले भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.