नवराज सिलवालको प्रश्न: अभियोगै नलागेको मान्छे कसरी फरार ?

नवराज सिलवालको प्रश्न: अभियोगै नलागेको मान्छे कसरी फरार ?

काठमाडौँ: ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद नवराज सिलवालले आफूमाथि फरार अभियुक्तको आरोप लगाइनु गलत भएको बताएका छन् ।

शनिबार नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुलाई दिइएको सं‌युक्त प्रशिक्षणपछि सांसद सिलवालले यस्तो बताएका हुन् । आफूलाई फरार अभियुक्त भन्दै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा चर्चा भएपछि उनले यस कुराको खण्डन गरेका हुन् ।

उनले माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ट्विटरमार्फत आफुलाई फरार अभियुक्त भन्नु गलत भएको स्पष्टोक्ति दिएका हुन् ।

'नवराज सिलवालमाथि कुनै औपचारिक अभियोग दर्ज पनि छैन र उ कुनै फरार व्यक्ति पनि होइन', उनले ट्विट गर्दै भनेका छन्, 'तथ्यलाई वंग्याएर केही मित्रहरूले अन्याथा ढंगले प्रचार गरी जनमानसमा भ्रम फैलाएको प्रति दु:ख व्यक्त गर्दछु।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.