हेटौंडा मेयर कप फुटबल सुरु

हेटौंडा मेयर कप फुटबल सुरु

 

हेटौंडा : तेस्रो मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । हेटटौंडा उपमहानगरपालिका र जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलालले उद्घाटन गरे ।

हेटौंडा –४ स्थित हुप्राचौरमा सुरु प्रतियोगितामा १९ टोलीको सहभागिता रहेको छ । यसअघि नगर कपको नामले सञ्चालित प्रतियोगिता मेयर निर्वाचित भएपछि मेयरकप नाम दिइएको हो ।  

प्रतियोगिताको उद्घाटन खेल हेटौंडा –१ स्थित पाथिभरा क्लब र ७ नम्बर वडाबीच भएको थियो । प्रतियोगितामा प्रथम हुने समुहले नगद एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुनेले नगद ७५ हजार हात पार्नेछन् । खेल नकाउट आधारमा सञ्चालन गरिएको आयोजकको भनाइ छ ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्र बुढा, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, हेटौंडा उपमहानगरपालिकाका अधिकृत भिम तिमल्सिना लगायतले बोलेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.