एक शिक्षक: जसले कालोपाटीमा आकृति कोरेर कम्प्युटर सिकाउँछन्
एजेन्सी: केही दिनयता एकजना व्यक्तिको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। यी व्यक्तिले अन्य मानिसले कल्पना समेत नगरेको विधि प्रयोग गरेर कम्प्युटरको ज्ञान दिएपछि उनी अहिले हिट भएका हुन् ।
यी व्यक्तिले कुनै पनि ल्याप्टप या डेस्कटप कम्प्युटरको सहयोग नै नलिई मज्जाले कम्प्युटर सिकाउँछन् भन्दा तपाईँलाई पत्यार नलाग्ला । तर सत्य यही हो, यी शिक्षकले ब्ल्याक बोर्डमै कम्प्युटरका सबै पार्ट्सको तस्बिर बनाएर विद्यार्थीलाई कम्प्युटर शिक्षामा पोख्त बनाउँछन् ।
कुनै कम्प्यूटरको सहयोग नै नलिई आफ्ना विद्यार्थीलाई कम्प्युटर प्रशिक्षण दिए अद्भुत काम गरेका यी व्यक्ति हुन् अफ्रिकन मुलुक घानाको कुमासी क्षेत्रका बासिन्दा ।
समाचार अनुसार घानाको कुमासी इलाका निवासी रिचर्ड एप्पिया एकोटोले नामका एक शिक्षकले आफ्ना छात्रा छात्रालाई दैनिक कम्प्युटरको सहयोग नै नलिई कम्प्युटरको कम्प्यूटर प्रौद्योगिकीको शिक्षा दिइरहेका छन् । उनी स्कुलको क्लासरूममा रहेको एक कालोपाटीको सहयोगमा कम्प्युटर शिक्षा दिन्छन् ।
रिचर्डले विद्यार्थीलाई कम्प्युटर शिक्षा पढाउने यस्तो विधि देखेर जो कोही पनि मन स्तब्ध हुन सक्छ । सबैले सोच्छन्, आखिर कोही किन कम्प्युटर बिना कसरी कम्प्युटर शिक्षा पढाउन सक्छ ?
यदि तपाईँलाई पत्यार लाग्दैन भने यहाँ राखिएका तस्बिर हेर्नुहोस् । यी फोटोले आफैँ समाचारका यी अक्षरलाई पुष्टि गर्न सक्षम छन् । हो रिचर्डका यी तस्विर सामाजिक सञ्जालमा दैनिक भाइरल भइरहेका छन्। समाचार अनुसार यी तस्बिर गत महिना फेसबुकमा हालिएको थियो ।
यी तस्विरमा तपाईँले रिचर्डले माइक्रोसफ्ट वर्ड प्रोग्रामको आकृति कालोपाटीपाटीमा कोरेर कसरी विद्यार्थीलाई पढाइरहेका छन् भन्ने हेर्न सक्नुहुन्छ । उनले यही आकृतिको सहयोगमा विद्यार्थीलाई कम्प्युटर शिक्षा दिन थालेको धेरै भइसकेको छ ।
यो मामिला विश्वमाझ तब आयो जब जब रिचर्डले स्कूलमा कम्प्युटर क्लासका यी तस्बिर आफ्नो फेसबुक एकाउन्टमा पोस्ट गरे । त्यसपछि यी तस्बिर रातारात सामाजिक सञ्जालमा भाइरल भए । यी तस्बिर यति धेरै भाइरल भए कि यसबारेको सबै जानकारी माइक्रोसफ्टको अमेरिकास्थित हेड अफिससम्म पुग्यो ।
हजारौँ पटक सेयर गरिएका यी तस्बिर भाइरल भएपछि सामाजिक सञ्जालमा फरक फरक प्रतिक्रिया आएका छन् । फोटो भाइरल भएपछि माइक्रोसफ्टले कुमासास्थित यस स्कुलमा नयाँ कम्प्युटर पठाउने बाचा गरेको छ ।
Supporting teachers to enable digital transformation in education is at the core of what we do. We will equip Owura Kwadwo with a device from one of our partners, and access to our MCE program & free professional development resources on https://t.co/dJ6loRUOdg
— Microsoft Africa (@MicrosoftAfrica) February 27, 2018
रिपोर्ट अनुसार रिचर्डले बताए अनुसार सन् २०११ देखि यता हालसम्म यो स्कुलमा एउटा पनि कम्प्युटर थिएनन् । यहाँ विद्यार्थीलाई पास हुनका लागि सूचना र सञ्चार प्रौद्योगिकी (आईसीटी) परीक्षा उत्तीर्ण गर्नै पर्छ । यसका बावजुद स्कुलमा एउटे कम्प्युटर थिएनन्। उनले आफ्ना विद्यार्थीको भविष्य बिग्रिने चिन्ताले बाध्य भएर यसरी पढाउन परेको बताएका छन् ।