आर्मी र एपीएफलाई उपाधि

आर्मी र एपीएफलाई उपाधि

 

काठमाडौं : चौथो राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेका छन् । आर्मी पुरुष र एपीएफले महिलातर्फको उपाधि जितेका हुन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिलातर्फको उपाधि भिडन्तमा एपीएफले चिरप्रतिद्वन्द्वी शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३-२ सेटमा स्तब्ध बनायो ।

निकै प्रतिस्पर्धात्मक खेलमा लगातार दुई सेट हारेर पनि उत्कृष्ट पुनरागमन गर्दै विभागीय टोली एपीएफले उपाधि जितेको हो । एपीएफले शिवम् न्यु डायमन्डलाई १६-२५, १६-२५, २५-१४, २५-१३ र १५-९ मा पाखा लगायो । एपीएफको जितमा सरस्वती चौधरीले स्पाइकबाट २३, ब्लकमा दुई र सर्भिसबाट एक अंक जोडिन् ।

यसैगरी नेबिका चौधरीले स्पाइकबाट १६ अंक बटुलिन । शिवम् न्यु डायमन्डकी प्रतिभा मालीले स्पाइकबाट ३० तथा सर्भिसबाट तीन अंक जोडिन् । यस्तै मञ्जु गुरुङले स्पाइकबाट १२ अंक बटुलिन् । तेस्रो स्थान भने नेपाल पुलिसले हासिल गर्‍यो । आर्मीलाई ३-२ को सेटमा हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले २५-२३, २२-२५, २४-२६, २५-१२, १५-१३ को कठिन जित निकाल्यो ।

यसैगरी पुरुषतर्फको उपाधि भिडन्तमा आर्मीले हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३-० को सेटमा पाखा लगायो । एकपक्षीय खेलमा आर्मीले २५-१४, २५-०, २५-० को जित निकाल्यो । भारतीय खेलाडी चल्न नसक्दा हेल्प नेपालले आर्मीलाई उपाधि सुम्पिन बाध्य भयो । आर्मीको जितमा मानबहादुर श्रेष्ठले स्पाइकबाट १७ तथा सर्भिसमा तीन अंक जोडे । यसैगरी धनबहादुर भट्टले स्पाइकबाट १३ अंक बटुले । हेल्प नेपालका अमृत केसीले स्पाइकमा नौ तथा ब्लकबाट एक अंक जोडे । तेस्रो स्थानको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्‍यो । एपीएफले पुलिसमाथि २५-२१, २५-११ र २५-१९ को सहज जित निकाल्यो ।

उपाधि विजेता आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता हेल्प नेपालले एक लाख रुपैयाँमा चित्त बुझायो । तेस्रो भएको एपीएफले ६० हजार रुपैयाँ प्राप्त गर्‍यो । तेस्रो भएको पुलिसले नगद ६० हजार प्राप्त गर्‍यो ।

महिलातर्फ शिवम् न्यु डायमन्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी बनिन् । पुरुषमा आर्मीका मानबहादुर श्रेष्ठ उत्कृष्ट चुनिए । उनीहरू दुवैले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । महिलातर्फ एपीएफकी सरस्वती चौधरी बेस्ट स्पाइकर, पुलिसकी मनीषा चौधरी बेस्ट ब्लकर, एपीएफकी हीरा केसी बेस्ट सर्भर, शिवम् न्यु डायमन्डका सलिना श्रेष्ठ बेस्ट लिब्रो र कृपा अधिकारी बेस्ट सेटर तथा एपीएफका ज्ञानेन्द्र विष्ट बेस्ट कोच चुनिए । यसैगरी पुरुषमा हेल्प नेपालका ललितकुमार बेस्ट स्पाइकर, आर्मीका दुर्गा महतो बेस्ट सेटर, धनबहादुर भट्ट बेस्ट सर्भर, ईश्वर थापा बेस्ट लिब्रो र कपिलकिशोर श्रेष्ठ बेस्ट कोच चुनिए । विधागत उत्कृष्ट सबैले जनही पाँचपाँच हजार रुपैयाँ प्राप्त गरे ।०००

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.