स्थानीय र प्रदेश सरकार जोड्न स्तरीय सडक

स्थानीय र प्रदेश सरकार जोड्न स्तरीय सडक

बुटवल : पाँच नम्बर प्रदेश सरकारले स्थानीय तहको केन्द्रलाई प्रदेश र केन्द्र सरकारका मुख्यालयसँग सडक सञ्जालबाट जोड्ने योजनालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ। आगामी बजेट निर्माणमा स्थानीय तहका ‘हेडक्वार्टर‘ प्रदेश केन्द्रसंग सहजै जोडिन सक्नेक पूर्वाधारको व्यवस्था गर्ने भएको हो।

जनताको पहुँच सरकारसंग नभई विकास हुन नसक्ने निष्कर्ष सहित सडक निर्माणलाई प्राथमकितामा राखिएको भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए।

संघीय संरचनामा अनुसार स्थानीय र प्रदेश सरकार आएसंगै केन्द्रहरु फेरिएकाले ती केन्द्रमा स्तरीय सडक पुराउने पहिलो काम हुने मन्त्री चौधरीको भनाई छ। ‘स्थानीय तहको केन्द्रमा जनताको सहज पँहुच पुराउनका लागि शुरुमै सडक निर्माण गर्नुपर्छ, मन्त्री चौधरीले भने–‘सडक सजिलो हुदा घरदैलो मै सरकार छ भन्ने अनुभूति जनताले पाउनेछन्।’

स्थानीय तहका केन्द्रलाई पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गसंग जोड्ने योजना प्रदेश सरकारको छ। ट्रयाक नखुलेको स्थानमा ट्याक खोल्ने, ट्रयाक भएको सडकमा ग्रावेल र ग्रावेल सडक भए कालोपत्रे गर्ने योजना छ। पहिलो चरणमा ट्रयाक खोल्ने कामलाई प्राथमिकता दिइनेछ।

प्रदेश नम्बर ५ मा १ सय ९ तह रहेका छन्। अधिकांश नगरपालिकाको केन्द्रसम्म सडक पुगे पनि ती स्तरीय छैनन्। सडक नपुगेका गाउँपालिकाका केन्द्र भने धेरै छन्। ७६ गाउँपालिकामध्ये पहाडी जिल्लाका गाउँपालिकाको केन्द्रमा सडक जोडिएको छैन्। तराई जिल्लाका गाउँपालिकाको केन्द्रमा पनि हिउद महिनामा मात्रै सडक पहुँच हुन्छ। पहाड र तराईका प्रायः सडकमा वर्षायामसंगै यातायात सञ्चालनमा कठिन छ।

स्थानीय तहले पनि बजेट निर्माणमा सडकलाई पहिलो प्राथमिकतामा राखेका छन्। सडक निर्माण तथा विस्तारका लागि प्रदेश सरकारले कानुन समेत निर्माण गर्ने तयारी छ। ग्रामिण क्षेत्रहरुमा भइरहेको मनपरी सडक निर्माणलाई नियन्त्रणमा लिनका लागि कानुन आवश्यक हुने सरोकारवालाहरुले बताउदै आएका छन्। सडक विस्तारका नाममा प्राकृतिक स्रोत साधनको दोहन हुन नदिन कानुन आवश्यक हुने उनीहरुको भनाई छ। अहिले सामान्य मापदण्ड भए पनि त्यसको समेत पालना भएको छैन।

प्रदेश सरकारले असारको एक गते भित्रै बजेट ल्याउने तयारी गरेको छ। सो बजेटमा सडक निर्माण प्राथमिकतामा पर्नेछ। त्यसअघि बजेट सञ्चालन ऐन कानुनको मस्यौदा तयारी भइरहेको छ। हाल केन्द्र सरकारबाट निसर्त अनुदानका रुपमा १ अर्व २ करोड बजेट प्रदेशमा आए पनि सो रकम खर्च हुन सकेको छैन।

खर्च बिधेयक फागुन २७ गते संसद बैठकमा छलफलका लागि पेश गर्ने तयारी छ। प्रदेश सरकारले केन्द्र सरकारबाट सञ्चालित योजनाहरु निर्माणमा सहजीकरण समेत गर्नेछ। प्रदेश ५ अन्तर्गत पूर्वपश्चिम महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्ग, पाल्पा–रिडी सडक लगायतका योजनाहरु सञ्चालित छन्। प्रदेश भित्र पर्ने १२ जिल्लाका स्थानीय तहका मुकामहरु यीनै सडकमा जोड्ने सरकारको हो।

‘प्रशासनिक केन्द्रहरुसंग हरेक तवरबाट नेटवर्क हुनुपर्छ। त्यसकारण पनि पालिकाका मुकाममा स्तरीय सडक आवश्यक छ, मन्त्री चौधरीले भने। उनले सडकपछि खानेपानी, सिचाई, शहरी आवास निर्माणमा सरकारले काम गर्ने बताए।

सडक सञ्जाल विस्तारका लागि प्रदेश सरकारले अध्ययन गर्नेछ। हरेक स्थानीय तहसंगको समन्वयमा प्राथमिकतामा परेका सडकहरुको स्तारोन्नतीको काम अघि बढाउने तयारी छ।



 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.