नेपालविरुद्ध जिम्बाब्वेको विस्फोटक व्याटिङ
काठमाडौँः आईसीसी विश्वकप क्रिकेट छनोट खेल अन्तरगत आयोजक जिम्बाब्वेले नेपालविरुद्ध विस्फोटक व्याटिङ गरेको छ । टेस्ट र एक दिवससीय मान्यता पाइसकेको जिम्बाब्वेले घरेलु मैदानमा टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको थियो ।
जिम्बाब्वेका लागि ताजा अवस्थामा ओपनर सेफास झुवाओले १८ बलमा ३२ रन बनाएका छन् । उनलाई साथ दिइरहेका अर्का ओपनर सोलोमान मिरेले १७ बलमा ३१ रन बनाएका छन् ।
५ ओभरको खेल जारी रहँदा जिम्बाब्वे बिनाकुनै क्षति ६६ रन बनाएर खेलिरहेको छ । नेपालबाट बलिङ गरिरहेका सोमपाल कामीले २ ओभर बलिङ गर्दै २४ रन दिइसकेका छन् । त्यसैगरी पारस खड्काले १ ओभरमै १६ रन दिएका छन् भने बसन्त रेग्मीले पनि १ ओभर बलिङ गर्दै ११ रन खर्चेका छन् ।