श्रीमान् श्रीमती बाथरुममा मृत अवस्थामा भेटिए

 श्रीमान् श्रीमती बाथरुममा मृत अवस्थामा भेटिए

काठमाडौं : दिल्लीको इन्दिरपुर गाजियाबादमा श्रीमान् श्रीमती वाथरुममा मृत अवस्थामा भेटिएका छन्।शुक्रबार राति स्थानीय समयअनुसार ९:३० बजे उनीहरु नाङ्गै अवस्थामा बाथरुममा मृत भेटिएका हुन्।

मृतक निरज सिंघानियाका बुवाका अनुसार शुक्रबार साँभ ५:३० बजे घरका सदस्य होली खेल्न जाँदा उनका छोराबुहारी कोठामै थिए । करिब ७:३० बजे छोरा बुहारीलाई बोलाउन जाँदा ढोका ढकढकाइयो।

ढोका नखुले पछि उनी छोराबुहारी गहिरो निद्रामा छन् भनेर उनीहरु फर्किए। फेरि राति ९:३० बजे ढोका ढकढक्याउँदा भित्रबाट केही जवाफ नआएपछि कान्छो छोरालाई बोलाएर ढोका फुटाउँदा बाथरुमा उनीहरु नांगै बेहोस अवस्थामा भेटिएका थिए ।

लगत्तै उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो।वेहोस अवस्थामा पुर्‍याइएका दुवैजनालाई अस्पतालले मृत घोषित गरेको हो।पोष्टमार्टमको रिपोट आउन भने बाँकी छ ।

प्रहरीका अनुसार मृतक ३८ वर्षीय निरज सिंघानिया र उनकी श्रीमती रुचि सिंघानिया एक निजी कम्पनीमा माथिल्लो पोस्टमा कार्यरत थिए।उनीहरुले २०१० सालमा विवाह गरेका थिए।मृतक दम्पतीका चार वर्षीय एक छोरी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.