जिम्बाब्वेविरुद्ध नेपाललाई बसन्तले दिए पहिलो सफलता

जिम्बाब्वेविरुद्ध नेपाललाई बसन्तले दिए पहिलो सफलता

कामाठाडौँः आईसीसी विश्वकप क्रिकेट छनोट खेल अन्तरगत आयोजक जिम्बाब्वेविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ ।

विस्फोटक व्याटिङ गरिरहेको जिम्बाब्वेका ओपनरलाई रोक्ने क्रममा नेपालका लागि बसन्त रेग्मीले सेफास झुवाओलाई २३ बलमा ४१ रन बनाएको अवस्थामा पेभेलियनको बाटो देखाएका हुन् ।

 घरेलु मैदानमा टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको थियो । जिम्बाब्वेका दुवै ओपनरले जमेर खेलेपछि नेपाली बलरहरु दबाबमा परेका बेला बसन्तले एक विकेट झारेका हुन् । 

जिम्बाब्वेका लागि ताजा अवस्थामा ओपनर सोलोमान मिरेले २५ बलमा ३४ रन बनाएका छन् । उनलाई साथ दिइरहेका तेस्रो क्रमका ह्यामिल्टन मासाकाडजाले ६ रन बनाएर साथ दिइरहेका छन् । 

१० ओभरको खेल जारी रहँदा जिम्बाब्वे १ विकेटको क्षतिमा ८७ रन बनाएर खेलिरहेको छ । नेपालबाट बलिङ गरिरहेका सोमपाल कामीले २ ओभर बलिङ गर्दै २४ रन दिइसकेका छन् । त्यसैगरी पारस खड्काले १ ओभरमै १६ रन दिएका छन् भने बसन्त रेग्मीले पनि ४ ओभर बलिङ गर्दै ३० रन खर्चेर १ विकेट लिएका छन् । ललित राजवंशीले ३ ओभर बलिङ गर्दै १७ रन खर्चिएका छन् ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.