लहानमा दुर्घटनाबाट छ महिनामा ३३ को मृत्यु

लहानमा दुर्घटनाबाट छ महिनामा ३३ को मृत्यु

लहान : चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनाको अवधिमा सडक दुर्घटनामा परी सिरहामा ३३ जनाको मृत्यु भएको छ भने २४० जना घाइते भएका छन्।साउनदेखि पुस मसान्तसम्म सडक दुर्घटनामा परी सिरहामा २८ पुरुष, चार महिला र एक बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिए।

सो अवधिमा १८८ वटा सडक दुर्घटनामा परी १७५ पुरुष, ३८ महिला र २७ बालबालिका घाइते भएका थिए।सबैभन्दा बढी १२० वटा मोटरसाइकल दुर्घटना भएको थियो। सडकमा छाडिने छाडा पशुचौपाया, सडक बिग्रिएको र चालकको लापर्वाहीलगायत कारणले दुर्घटना बढेको प्रहरी निरीक्षक चुँडालले बताए।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.