मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

भक्तपुर : भक्तपुर काठमाडौं ६ लेन सडक अन्तर्गत भक्तपुर नगरपालिका –१ सुवर्ण चोकमा शनिबार राती दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको ज्यान गएको छ ।

सल्लाघारीबाट ६ लेन सडक हुँदै सूर्यविनायकतर्फ जाँदै गरेका बा ६१ प ४१५ नम्बरको सुजुकी मोटरसाइकल र बा ९२ प ४६४ नम्बरको डुक मोटरसाइकल एकापसमा ठोक्किँदा डुकमा सवार युवकको ज्यान गएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार डुक मोटरसाइकलका चालक भक्तपुर नपा –५ घर भइ हाल सूर्यविनायक नपा –८ बस्दै आएका २४ वर्षीय प्रमोद श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो ।

घटनालगत्तै उपचारकालागि भक्तपुर अस्पताल पुर्याइएका श्रेष्ठलाई चिकित्सकले मृत घोषणा गरेका थिए । एउटै दिशामा गइरहेका दुई मोटरसाइकल ठोक्किएर भएको घटनालगत्तै भागेका सुजुकी मोटरसाइकलका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । काभ्रे जिल्लाको नमोबुद्ध बस्ने २६ वर्षीय कुलबहादुर खनाललाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले घटनामा संलग्न मोटरसाइकलका चालक र दुइटै मोटरसाइकल महानगरीय प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखिएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.